eNepal

फ्रान्सेली महिला पर्यटकको सकुशल उद्दार

राउन्ड अन्नपूर्ण सर्किट हुँदै मुस्ताङ पदयात्राको क्रममा ५ घण्टासम्म भीरमै अलपत्र एक विदेशी महिलाको मुस्ताङ प्रहरीले शकुसल उद्दार गरेको छ ।  बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–१ स्थित सिङघोपु भन्ने स्थानमा अलपत्र ३२ वर्षीया फ्रान्सेली महिला मारिने चर्लोत्ते तचातको सकुशल उद्दार गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रवक्ता आशीष अधिकारीले जानकारी दिए ।

उद्दार गरिएकी महिला एक साताअघि एक्लै मनाङदेखि थ्रोरङ्लापास हुँदै मुस्ताङको जोमसोम आउने क्रममा थिइन् । उनी भीरमा अलपत्र परेको सूचना दिउँसो ३ बजे प्रहरीलाई जानकारी गराइएको थियो । उनीसँग जीपीएस भएकाले अलपत्रपरेको सूचना फ्रान्सेली दूतावासलाई जानकारी गराएकी थिइन् । यसपछि दूतावासले मुस्ताङ प्रहरीलाई सूचना गरेको प्रहरी प्रवक्ता अधिकारीले बताए ।

घटनाको खबर पाउने बित्तिकै प्रहरी निरीक्षक अधिकारीसहितको टोलीले दिउँसो ४ बजे भीरबाट उद्दार गरी उनलाई बारिह ल्याएको थियो । उद्दारपछि प्रहरीको बयानमा उनले आफू ५ घण्टासम्म भीरमा अलपत्र परेको सुनाएकी थिइन् ।

साभारः अन्नपुर्ण पोस्ट

Related posts

Yellow Pills: What are They Made use of For?

अविलास

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349