eNepal

अमेरिकामा आमा बुवा बोलाउन नपाउँदा डिभोर्स सम्ममा पुगे एक दम्पत्ती

लोग्ने श्रीमानको बाउआमालाइ ६ महिना अमेरिकामा ल्याइ खुवाइ पिआइ गरि खुशिसाथ नेपाल फर्काएपछि आफ्नी बाउआमा पनि अमेरिका ल्याइ घुमाउने र आफ्नै साथमा कमसेकम ६ महिना राख्ने उनको धोको माथि कुठाराघात गरिदिएछन टेक्सासमा बस्दै आइरहेकी एक महिलाका मागि बिबाह गरि १३ बर्ष सङ्गसङ्गै जिउदै आएका आफ्नै लोग्ने अर्थात श्रीमानले ।

पहिल्लै शर्त रहेछ आलोपालो आफ्ना बाउआमा ल्याउने र घुमाउने भन्नेमा जोडि श्रीमान श्रीमतिमा । तर, श्रीमान भनाउदोका मन भित्रको कालो फिलिङ्गले आफ्नै सासुससुरा अमेरिका आउने तत्कालको बाटै बन्द गरिदिए । आफ्नो बाउआमा ल्याउने तर आफ्नो सासुससुरा ल्याउन नदिने कुटिल र धुर्त श्रीमानको यो घटिया कर्म जतिबेला थाहा पाइन् उनले, उनी भुइमा लड्न पुगिछन झन्डै झन्डै बेहोस जस्तै ।

भैदिएछ के भने, श्रीमान लोग्ने अमेरिकन नागरिक तर श्रीमति चाहि अझै ग्रिन कार्डमै रहिछन् । सिटिजनका लागि ग्रिनकार्डमा बस्नु पर्ने ५ बर्ष काटेर पनि नेपालको आफ्नो जायजेथा नगुमोस् भन्ने हेतुले श्रीमान चाहि नागरिक बन्ने तर श्रीमति चाहि ग्रिन कार्डमै केहि बर्ष अल्झिरहने आपसि सहमतिले नै यस्तो गरेका रहेछन तिनले ।

सासु ससुराले अमेरिकन ज्वाइँ नागरिककै नामबाट निमन्त्रणा गर्दा भिषा प्राप्त गर्न सहज र बिश्वासिलो होला भन्ने लागेर उनकै नाममा निमन्त्रणा पठाइएको रहेछ तर जब आफ्ना बाउआमा भिषा अन्तर्बार्तामा गए तर भिषा पाएनन् । उनले ठानिन् त्यस्तै भयो र चित्त बुझाइछिन् । अर्को पाली आफ्नै नामबाट गरौला भन्ने सोच राखिन् ।

लगभग ३ हप्ता पछि जब लोग्ने एकदिन काममा गए तर उनले इमेल बन्द गर्न भुलेछन । घरको डेस्कटपमा भएको इमेल खुल्लै रहेछ। खाना साना खाएर आफू पनि काममा जाने सुरसारमा हुँदाहुदै एक्कासि कम्प्युटरमा उनको आँखा गयो । इमेल खुल्लै, सर्स्र्ति हेरिन् इमेल । एउटा इमेल यस्तो थियो कि, आफ्नै श्रीमानले आफ्नै सासुससुराको बिरुद्दमा आफूले निमन्त्रणा नगरेको र उक्त निमन्त्रणासँग आफु सरोकार नभएकाले भिषा नदिन अनुरोध गरिएको चिठ्ठि जब फेला पारिन्, उनले बिश्वासै गर्न सकिनन् र फेरि दोहोर्याएर पढिन् तर यथार्थता त्यहि थियो आफ्नै छोरीज्वाइँले आफ्नै सासुससुरालाइ भिषा नदिन एम्बेसि दूताबासलाइ लेखिएको चिठ्ठी ।

यो भन्दा घात के नै हुन्थ्यो र परिवारमा । रोइछिन धेरै । पर्खिन् बेलुकासम्म । श्रीमान कामबाट आए साँझ । उनले ‘तिमी’ नै भनिन् श्रीमानलाइ । तिमि सोफामा बस, तिमिसँग सिरियस्ली कुरा गर्नु छ । यहि कुरा गर्न नै त्यसदिन काम छोडिन उनले ।

के गरेको यो तिमिले एम्बेसिलाइ चिठ्ठि लेखेर रु मेरो बाबुआमा तिम्रो बाउ आमा जस्तै होइनन रु तिम्रो बाउआमा अमेरिका आइ ६ महिना मैले स्याहार गर्दा मेरा बाउआमा यहा आउँदा तिमिलाइ के को अप्ठेरो पर्यो रु किन लेख्यौ यो चिठ्ठि मलाइ जबाफ चाहियो भन्दा लोग्नेले भनेछन् आइ डन्ट लाइक योर्स प्यारेन्ट रु ड्याट्स ह्वाइ आइ डिड इट । उनिहरुकै छोरिसँग बस्ने, म तिम्रो श्रीमति तर, तिमिलाइ मेरो बाउआमा प्रति घृणा रहेछ हैन रु हो, त मेरो बाटो छोडिदिन सक्छेस् । आइ वान्ट डिभोर्स । यति लोग्नेले के मात्रै भनेका थिए उनले भनिन् ठिक छ, मन बिचार नै नमिलेपछि सङ्गसङ्गै जीवन घिसारेर अघि लैजान सकिदैन । वकिल हायर गरौ भोली ।

सुत्न गए त्यस रात दुबै आ–आफ्नै कोठामा । भोलिपल्ट बिहानै अनलाइन र सोधपुछ पछि वकिलको निधो गरे दुबैले । अहिले उनिहरु सेपरेसनमा छन पारपाचुकेका लागि प्रक्रिया पुर्याउनका लागि ।

एउटा सानो गल्ति र गलत सोचाइले आज एउटा परिवार बर्बाद भयो टेक्सासमा । तर, यो क्रम जारि छ अमेरिकामा । डलर छ, काम छ र समुन्नति सहितको गुणात्मक लाइफ पनि तर पिस र पिस अफ माइन्ड छैन धेरैको अमेरिकामा । श्रीमान कमाउछन, श्रीमति पनि कमाउछिन् एउटा अर्कोमा फाइनान्सियल्ली निर्भर हुनै पर्दैन अमेरिकामा । सहमति, स्वतन्त्रता, सम्झौता र साझेदारि ५०–५० अर्थात् फिट्टि फिट्टी हो । चाहे खर्चमा, चाहे आम्दानिमा, चाहे स्वतन्त्रतामा, चाहे माया र सम्बन्धमा । जसले तोड्छ, जो बेखुसी छ हि अर सि क्यान लिभ, दिस इज एन दि अमेरिका !

यो खबर साभार गरिएको हो।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349