दिदी बहिनी समाज र ब्रेस्ट स्क्रिन भिक्टोरीयाको संयुक्त प्रयासमा मेल्बोर्न पश्चिममा रहेका महिला दिदी बहिनीहरुलाई वेरेवी क्लिनीकमा एक दिने ब्रेस्ट स्क्रिन शिवीर आयोजना गरिएको थियो। उक्त सिवीरबाट चालिस बर्ष देखी साट्ठी बर्ष उमेर कटेका दिदी बहिनीहरुले लाभ लिएका थिए।
दिदी बहिनी सामाज र ब्रेस्ट स्क्रिन भिक्टोरीयाले यो भन्दा अगाडी मेल्बोर्नको ग्लेनरोय, क्रेगीवन, ब्रोडमिडोजमा सो कार्यक्रम सफलताका साथ सम्पन्न गरिसके छ। उक्त शिवीरबाट हाल सम्म ६० भन्दा बढि दिदी बहिनीहरुले लाभ उठाई सकेका छन्।
दिदी बहिनी समाजका बिवीध कार्यक्रम मध्य Women Health and Well Being सिग्नेचर कार्यक्रम रहेको छ। यसै मुताबिक यो कार्यक्रम गरिएको हो। स्वास्थ्य जाचँबाट रिपोर्ट आए पछि सो रिपोर्ट घर घरमा पठाइएने ब्यबस्था गरिएको थियो। सरकारको तथ्याङ्क अनुसार अस्ट्रेलीयाका पचास बर्ष उमेर समुह देखी पचहत्तर बर्ष उमेर समुहका आठ महिला मध्य एकलाई ब्रेस्ट क्यान्सर हुने देखिएको छ।