eNepal

नेतादेखि सर्वसाधरण समेत सडकमा उत्रिए

अनाधिकृत रुपमा टुँडिखेल कब्जा गरिएको भन्दै काठमाडौं उपत्यकावासीहरुले अभियान चलाएका छन्।

शनिबार टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर टुँडिखेल लगागतका खुला र सार्वजनिक स्थान अतिक्रमणको विरोधमा ‘अकुपाई टुँडिखेल’ अभियान सुरु गरिएको हो । सांस्कृति तथा प्राकृतिक धरोहर जोगाउन भन्दै उनीहरुले हरियो रिवनले टुँडिखेल घेरेर मानव साङ्लो बनाएर सांकेतिक बिरोध गरेका हुन् ।

उनीहरुले पूर्खाको नासो जनताको हक, टुँडिखेल खाली गरजस्ता नारा लगाउँदै सरकारलाई टुडिखेल खाली गर्न दबाव दिएका छन् ।

तीन महिनासम्म हरेक शनिबार मानव साङ्लो बनाएर प्रदर्शन गरिने अभियानले जानकारी दिएको छ ।

टुँडिखेललाई कुनै समय एसियाकै ठूलो परेड मैदानको रुपमा लिइन्थ्यो । तर सर्वसाधरणको लागि सधै खुल्ला हुने टुँडिखेल अहिले सार्वसाधारणको पहुँचमा छैन । बिभिन्न बाहना र नाममा टुँडिखेल अहिले अतिक्रमित भएको छ ।

टुँडिखेललाई फोहोरमैला थुपार्ने, विभिन्न भौतिक संरचना बनाउनका लागि आवश्यक सामाग्री थुपार्ने स्थानको रुपमा परिणत गरिएको छ ।

कतिपय हिस्सा सरकारी निकायहरुकै नियन्त्रणमा छ भने केहीमा बसपार्क, अनाधिकृत पसल, पार्किङ स्थल बनाइएको छ ।त्यसैगरी विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले पनि टुँडिखेल संरक्षण अभियानमा ऐक्यवद्धता जनाएका छन् ।

अकुपाई टुडिखेलमा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, पूर्वस्वास्थ्य मन्त्री गगन थापा, पूर्वरक्षा मन्त्री भीमसेनदास प्रधान पनि सहभागी भएका थिए ।

 

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal