eNepal

मेल्बोर्नमा रोल्पा रोग लाग्ने


13391040_1298150506880531_1938619807_nबिशुद्ध ग्रामीण परिवेश र नेपालको १० वर्षे जन युद्दको कथालाई लिएर बनाईएको नेपाली चलचीत्र रोल्पा रोग मेल्वोर्नमा प्रदर्शन हुँदैछ।रोल्पा जसलाई माओबादीको उद्गम स्थलले चिनीन्छ,त्यसबेला भएको गतिबिधीहरुलाई पर्दाको माध्यमबाट दर्शकलाई देखाउन खोजीएको छ। नेपाली मानसपटलमा नाँचेको त्यो युद्द काल अनि युवा बर्गले भोगेको बास्तबिक यथार्थनै यो चलचीत्रको कथा हो।

आगामी १२ जुनका दिन मेल्बोर्नको ईस्टोनीया हाउसमा प्रदर्शीत हुन आँटेको रोल्पा रोग हिमाली कल्चरल ग्रुपले ल्याउँन आटेको हो।चलचीत्रको अलावा स्थानीय कलाकारहरुबाट प्रत्यक्ष दोहोरी र हाँस्यव्यङ्ग्यको कार्यक्रम पनि रहने जानकारीमा आएको छ।$१५ टिकटको पैसा राखिएको यो कार्यक्रममा वृद्ध र बालबच्चाको लागि निशुल्क प्रबेश गरिने भएको छ।

एउटा रोग जुन रोल्पाबाट पैदा भएर सारा देशनै ग्रस्त भएको थियो जहाँ हजारौले सहादत प्राप्त गरे, कतिका परिवार गुमे, कति टुहुरा भए अनि कतिको बिचल्ली भयो।हो यस्तो रोग जसले हरेक नेपालीलाई डसेको छ, तरङ्गीत बनाएको छ र आतङ्कीत बनाएको छ। त्यही रोगको नालीबेली बोकेको कथा रोल्पा रोग अब तपाईको शहरमा।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Manoj Poudyal