eNepal

अमेरिकी राजदूत र्‍यान्डी बेरीले यसरी मनाए लक्ष्मी पुजा

नेपालीले मनाउने हरेक चाडवाडमा आफुलाई घुलमिल गराउँदै आएका नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले तिहारलाई उत्सवमय बनाएका छन्। 

उनले आइतवार लक्ष्मीपूजाका दिन आफ्नो निवासमा मण्डला बनाउँदै गरेको तस्बिर सार्वजनिक गरेका छन्। उनी प्राय: नेपालीले मात्रै बनाउने दीप र फूलहरुको पर्व तिहार मनाउन उत्साहका साथ लागेका छन्। 

उनले काठमाडौंस्थित आफ्नो निवास फूलमाला सजाएर झकिझकाऊ मात्रै बनाएका छैनन् दीपहरुले पनि उज्यालो बनाएका छन्। राजदूत बेरीले आफ्नो निवास भित्रको कोठामा पालकमा बत्ती बालेर सबैलाई शुभकामना दिएका छन्। 

अमेरिकी दूतावासले आफ्ना कर्मचारीले देउसी खेलिरहेको भिडियो यसअघि नै सार्वजनिक गरेको थियो । जहाँ अमेरिकन नागरिकले देउसी भट्याइरहेको हेर्न सकिन्छ। 

राजदूत बेरीले आफुले लक्ष्मीपूजाका लागि घरमा मण्डला बनाएको पनि बताएका छन्। ‘म मेरो टिमसहित मण्डला बनाउन जुटेको छ। हाम्रो घर अहिले झिलिमिली बत्तीले उज्यालो र रंगीन भएको छ’, उनले ट्विटरमा भनेका छन्, ‘तपाईंहरु सबैले यो वर्षभरमा शुभेच्छा र आशीर्वाद पाउनुहुनेछ। दीपावलीको अवसरमा सबै नेपालीलाई शुभकामना!’

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349