eNepal

रोमानियामा सम्पन्न चौविसौं अन्तराष्ट्रिय खगोल ओलम्पियाडमा नेपालले कास्य पदक

रोमानियामा सम्पन्न चौविसौं अन्तराष्ट्रिय खगोल ओलम्पियाडमा नेपालले कास्य पदक जितेको छ।

नेपालमा सम्पन्न छैठौं राष्ट्रिय खगोल ओलम्पियाडमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुमध्ये ५ जना विद्यार्थीले यस अन्तराष्ट्रिय प्रतियोगितामा नेपालले कास्य पदक जितेको हो।

नेपाल लगायत २० देश सम्मिलित उक्त प्रतियोगितामा नेपालका लागि राहुल रञ्जन साहले कास्य हात पारेका हुन्। साह नेपालमा सञ्चालित छैठौं राष्ट्रिय खगोल ओलम्पियाडको जुनियर तर्फका नेपाल प्रथम हुन्। तीन चरणमा सञ्चालन हुने राष्ट्रिय खगोल प्रतियोगिताको प्रथम चरणमा जनकपुरको सिद्धार्थ शिशु सदनमा कक्षा १० अध्ययनरत साह हाल माईतिघरस्थित सेन्ट जेभियर्स कलेजमा कक्षा ११ मा अध्ययनरत छन्।

कार्यक्रममा नेपाली टोलीमा नेपालका तर्फबाट टोलीनेता तथा जुरी सुरेश भट्टराई, सहायक टोली नेता रेजा थापा थिए भने जुनियर तर्फ ३ जना र सिनियर तर्फ २ जना विद्यार्थी सामेल थिए ।

नेपालबाट सिनियर तर्फ विश्व आदर्श सेकन्डरी स्कुल, ईटहरीका यमन आचार्य तथा सेन्ट जेभियर्स स्कुल, जाउलाखेलका आकाश गुरुङ थिए भने जुनियर तर्फ सिद्धार्थ शिशु सदन, जनकपुरका राहुल रञ्जन साह, सेन्ट मेरिज स्कुल, जाउलाखेलकी सुरभी लुईटेल तथा सुर्योदय सेकण्डरी बोर्डिङ स्कुल, घट्टेकुलोकी भूमी कायस्थ थिए।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349