दयाहाङको ‘सेतो सूर्य’ ले जित्यो चार अन्तर्राष्ट्रिय अवार्ड

Get real time updates directly on you device, subscribe now.

नेपाली चलचित्र ‘सेतो सूर्य’ ले स्वीटजरल्याण्डमा आयोजना भएको ‘फ्रिवर्ग फिल्म फेस्टिभल’ बाट चार विधामा अवार्ड जितेको छ । नेपालका १९ चलचित्र प्रदर्शन भएको फिल्म फेस्टिभलमा ‘सेतो सूर्य’ ले ‘स्पेसियल मेन्सन अफ द जुरी’, ‘अडियन्स च्वाइस अवार्ड’, ‘इक्युमेन्सियल अवार्ड’ र ‘द डन क्विजोटे अवार्ड’ प्राप्त गरेको हो । तपाईहरुलाई बताइदिउँ कि ‘इक्युमेन्सियल अवार्ड’ विकासोन्मुख देशका चलचित्रहरुलाई प्रदान गरिने गरिन्छ, जुन अवार्ड यस पटक नेपाली चलचित्र ‘सेतो सूर्य’ ले प्राप्त गरेको छ ।

सिनेम्याटिक अनुसन्धान तर्फ दिने ‘द डन क्विजोटे अवार्ड’ पनि दीपक रौनियारको निर्देशनमा बनेको ‘सेतो सूर्य’ ले जितेको छ । यो चलचित्रमा नायक दयाहाङ राई मुख्य भूमिकामा छन् । उनका साथै चलचित्रमा आशा मगराती, रविन्द्र सिंह बाँनिया, सुमी मल्ल, अमृत परियार लगायतका कलाकारको मुख्य भूमिका छ ।

फिल्म फेस्टिभलमा नेपालको पहिलो रंगीन चलचित्र कुमारीसहित सिन्दुर, बासुदेव, कागबेनी, नुमाफुङ, मुकुण्डो, सुनगाभा, लूट, कालोपोथी, हाइवे, सुन्तली लगायत चलचित्रहरु प्रदर्शन भएका थिए । ३१ मार्चबाट सुरु भएको ‘फ्रिवर्ग फिल्म फेस्टिभल’ आइतबार सम्पन्न भएको हो।

Get real time updates directly on you device, subscribe now.

Comments are closed.