शुभ दिपावलीको शुअवसर पारेर मेल्बोर्नको उत्तरतिर रहेको नेपाली भाषा अध्यापन गराउने बाल सन्सार ग्लेनरोयले भोली २७ अक्टुवरको दिन सामुहिक लक्ष्मी पुजा र लाख बत्ती प्रज्वलनको कार्यक्रम गर्ने भएको छ।
अस्ट्रेलीयामा जन्मेर हुर्किदै गरेको दोश्रो पुस्तालाई आफ्नो चाडपर्व, रिती रिवाजको बारे जानकारी दिने हेतुले आयोजना गरिएको पुण्य कामले समाजलाई सकारत्मक सन्देश पक्कै दिनेछ।
नेपाली सामुदायिक भवन बनाउन अग्रसर रहेको अस्ट्रेलीयन नेप्लिज बहुसाँस्कृतीक केन्द्र एएनएमसीले पनि सबैको प्रतीक्षामा रहेको सामुदायिक भवनको बारेमा ताजा अपडेट र सदस्यता बढाउने बारे जानकारी उक्त कार्यक्रममा दिने जनाईएको छ। यसको लागि एनएनएमसीले बाल सन्सारसँग सहकार्य गर्दै छुट्टै स्टल राख्ने आयोजकले जनाएको छ।
अपरान्ह १२ बजे देखि पाँच बजे सम्म 88 Middle street, Hadfield Victoria मा हुने उक्त समारोहमा देउसी भैलो, आरती, भजनकिर्तन, प्रसाद ग्रहणको कार्यक्रम रहेका छन्।