मो:मोमय अनि मो:मोलिसियोस बन्दै मोमोलियनहरुको शहर मेल्बोर्न

Get real time updates directly on you device, subscribe now.

आउँदो आईतबार मेल्बोर्नमा मो:मो सङ्ग्राम हुँदैछ जहाँ तिस भन्दा बढि परिकारका मो:मोले आफ्नो उदण्ड मच्चाउँदैछ्। नेप्टे चेप्टे थेप्चे, भुढे, नकटे सबै प्रकारका मो:मोेहरु भाग लिदैछन्। केही तेलमा डुबुल्की मार्नेवाला छन् भने केही तातो झिरमा उनिदै छन्। त्यस्तै केही प्यानमा फ्राईड हुँदैछन् त धेरै भने बफ्पिनेवाला छन्। केही टमाटरको झोलमा तैरिदै रमाउँदै छन् भने केही टोेमेटो केचपले लतपतिएर पुरै लाल लाल हुनेवाला छन् ।

जे जस्तो सङ्ग्राम होस् आखिरी जित मो:मोको नै हुनेछ। किन कि मोःमो सबैको मन पर्ने परिकार। बुढा थाके नि त्यहि मोःमो, बुढी ठुस्किन के गर्ने, घर जाँदा मोःमो लगेर गई दिनु होस् बुढी मख्ख। प्रेममा लिप्त जोडी रेस्टुरेन्टमा आधा घण्टा मेनुलाई वल्टाई पल्टाई, उत्तानो म घोप्टो पार्छन्। के खाने त भन न। तिमी जे भन्छौ त्यहि नि। फेरी मेनु पल्टाउँछन्। यो खाने उ त्यो खाने। अहँ चिल्लो हुन्छ। भो पेट दुख्छ। त्यसो भए के खाने त। एक्कै चोटी आबाज आउँछ मोःमो खाम् न त। दुबैको सहमत हुन्छ। त्यहाँ पनि आखिरी मोःमोको जित हुन्छ।

मैले थाहा पाउँदा सम्म बफ मोःमो को राज नै थियो।अरु मोःमो खाने गोजीमा दाम नभएर हो या मेसो नभएर हो खासै चासो पनि दिईन। सस्तो भर पर्दो भन्यो झोल तिन चोटी थप्यो डकार आईन्जेल खायो पेट खुस मन पनि खुस तर कहिले काँही त्यहि सस्तो बेसाले तिन दिन सम्म चर्पीको बास हुन्थ्यो। अर्को दिन फेरी त्यहि डल्ला खानै मन लाग्ने। त्यो बेला पनि मोःमोको नै जित हुन्थ्यो।

मोःमो खाँदै हुर्कियो बार्ह सकियो अनि बिदेश लागियो। अरु के ल्याईयो आउँदा थाहा भएन तर लगेजमा सिल्भरको मोःमो पकाउने सानो भाँडो ल्याएको अझै याद छ किनकी अरु खाउँला नखाउँला थाहा थिएन तर मोःमो पक्का खाईन्छ भनेर ढुक्क थिए। 

बिदेश आउँदा पनि छोडिएन। काममा खाजा त्यहि भयो, यसो साथी भाई भेटघाट के गर्ने मोःमो पाटी रे, जाडो छल्न त्यहि मोःमो, पाहुना आए उही मोःमो।

मोःमोको जादु हामीले घर अनि साथीभाई बिच सिमीत राख्यौ तर मेल्बोर्नमा बस्दै आएका राजु शाक्य जो बिगत लामो समयबाट सोलाङचर ईभेन्ट्ससँग आबद्द छन् उनले मोःमोको जादुलाई बुझे अनि शुरु गरे मोःमो फेस्टिभल जुन अहिले मेल्बोर्नका फेस्टिभलहरुको लिस्टमा अव्बल मानिन थालिएको छ। नेपालीहरुमा मात्र सिमीत रहेन यो चाड। अन्य मुलका लागि पनि यो फेस्टीभल उत्तिकै रमाईलो लाग्न थाल्यो। मोःमो मात्र होईन हरामी अचारले पनि बिदेशीलाई यो फेस्टिभलले मन्त्रमुघ्ध बनाउँदै गयो।

के छ त यसपाली मोःमो फेस्टिभलमा?

मेलवर्नको नर्थ कोवर्गस्थित चाल्स स्ट्रिटमा रहेको कोबर्ग भेलोड्रोममा आयोजना हुने एम फेस्टिभलमा मो:मो, गीत, सङ्गीत र नृत्यको समिश्रण सहितको बहुसँस्कृतीक कार्यक्रम हुनेछ जहाँ नेपाली र बिदेशी कलाकारको समेत सहभागीता हुँदैछ। यसपाली तिसभन्दा बढी परिकारका बिभीन्न स्वरुपका मोःमो पाक्दैछन्। लगातार दुई बर्ष सफलताका साथ सम्पन्न भएको मोःमो फेस्टिभलमा यस बर्ष अझ बढि मोःमो लभरहरुको सहभागीता हुनेमा आयोजक ढुक्क देखिएको छ। आईजल्याण्ड रुट्स, दि कजुज, रिदम युनाईट्स, पार्टी गल्र्स, इण्डिजियस हिप हप, ब्राजिलियन साम्भा डान्स यस बर्ष आकर्षणका रुपमा रहेका छन्। नेपाली अझै बढि युवा जमातमा लोकप्रीय बिपुल क्षेत्री एण्ड ट्राभलिङ ब्हाण्ड थप आकर्षणको रुपमा रहेको छ। मोःमो खाने प्रतीयोगीता, फेस पेन्टिङ लगाएत बालबालीकाहरुका लागि ‘दि कजुज’ र बम्बल बि एण्ड अप्टिमस प्राईम पक्कै रोजाईमा पर्ने छन्। 

Photo Source: Momo fest

Get real time updates directly on you device, subscribe now.

Comments are closed.