मेक्सिकोमा गोली चल्यो, कम्तिमा १५ जनाको मृत्यु

Get real time updates directly on you device, subscribe now.

रासस  

मेक्सिकोको विभिन्न स्थानमा भएका हिंसात्मक घटनामा १५ जनाको मृत्यु भएको छ ।

 मेक्सिकोको गुआदालाजारा राज्यको सालामान्का शहरमा एउटा रात्रि क्लबमा अज्ञात समूहले बन्दूक तथा ग्रिनेड आक्रमण गर्दा कम्तिमा छ जनाको घटनास्थलमा नै मृत्यु भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसैगरी मोन्टेरे शहरमा लागु औषध कारोबार गर्ने एक समूह र सेनाबीच झडपपछि गोली चल्दा सात जना शङ्कास्पद लागु औषध कारोबार र अन्य एक व्यक्तिको मृत्यु भएको यहाँको सुरक्षाकर्मीले पुष्टि गरेको छ ।

तस्वीर INDEPENDENT

Get real time updates directly on you device, subscribe now.

Comments are closed.