माननीय प्रधानमन्त्रीज्यू,
म मुस्कान खातुन अन्सारी ।
मेरो तरफबाट नमस्ते । म एउटा तेजाव आक्रमणको नानी । हजुरलाई एउटा सानो चिठी । म सँग घटेको यो सानो घटनाको पीडा भनिएको ठूलो घटना हो । पहिलो जेनी खड्कासँग र संगीता मगर तेजाव आक्रमण भएको बेला कडाभन्दा कडा कानुन भैदिएको भए म यो अस्पतालको बेडमा हुन्थिन होला ।
प्रधानमन्त्रीज्यू, हजरको दुई तिहाइको सरकार छ, हजुरले तेजा आकरमण गर्नेलाई फाआसी दिए हुन्थ्यो । हजुरको ठाउँमा म भैदिएको भए यो अपराधीलाई फाँसी दिन्थे होला । यसपाली ठूलोभन्दा ठूलो सजाय पाओस् कि म जस्तो एउटा वालिकामाथि या चेलीमाथि र कसैमाथि तेजाव आक्रमण नहोस् । मैले जति पीडा खपेको छु, त्यस्तो पीडा अरू कोहीमाथि पनि नहोस् । यो पीडा भनेको सानो पीडा हैन, एउटा दृशको ठूलो पीडा हो । आमा र बुबाको पनि पीडा एउटा ठूलो पीडा हो । यो पीडा कसैको आमा र बुबाले पनि नखप्नु परोस् । त्यो दोषीलाई यसपालि ठूलोभन्दा ठूलो सजाय होस् । मेरो हजुरसँग विन्ति र अपेक्षा छ । हजुरसँग एउटा अनुरोध छ कि मेरो पीडा बुझिदिनु होस् । यो घटना कसैमाथि नहोस् र कोही पनि अस्पतालमा अब तेजाव आक्रमण भएको चेलिबेटी नआओस् भनी अनुरोध गर्दछु ।
धन्यवाद
हामीहरूको प्रधानमन्त्रीज्यू ।