मेल्बोर्नमा यसरी रमाईलो गर्छन बा आमाहरु

Get real time updates directly on you device, subscribe now.

आजकाल अस्ट्रेलीयामा बिधार्थीहरु मात्र होईनन् अभिभावकहरुको पनि आगमन उत्तिकै मात्रामा बढ्दै गएको छ।चाहे ग्रेजुएसन समारोह होस् या घुमघाम अनि नाती नातीको आगमनको बेला होस् या नाती नातीनाको रेखदेख गर्ने होस् बा आमा बोलाउने चलन बढ्दै गएको छ। 

नेपालमा रजगज गरेका बसेका बाआमाहरु एउटा सिमीत परिधी भित्र बस्न गार्हो त हुन्छनै। वोल्लो घर पल्लो घर, छरछिमेकी हाटबजार दोकान पसल, बजार गरेर हिडेका बा आमा एउटा घर भित्र सिमीत रहन पर्दा पक्कै सकस त हुन्छनै। तर बिस्तारै बढ्दै गएको बढ्दो नेपालीहरु आगमनले चाहे पार्क होस् या सपिङ कम्प्लेक्समा नेपालीहरु प्रसस्तै देखिन थालेको छ। यसरी भेटघाट हुँदा समय कटाउने बाताबरण अनि करा साटासाट गरेर मन हलुका गराउने बाटो पनि बन्दै गएको छ। 

हुन त प्रवासमा सबै व्यस्त रहेने अनि नेपालबाट आएका अभिभावकको लागि पुरै समय दिन छोरा छोरीले दिन सकि रहेका हुँदैनन्। विकेन्ड र छुट्टी मिलाएर घुमाउन त लैजान्छन् तर यसरी एकआपसमा भेटघाट गर्दा समय त सजिलै काटीने भई हाल्यो त्यसको अलाबा चार भित्तामा बसेर कुरा खेलाएर बसि रहनु पर्ने अवस्था रहेन अनि नयाँ साथी सङ्गी बन्दा रमाईलो अनुभुती त हुन् भईनै हाल्यो। 

मेल्बोर्नको ग्लेनरोयमा एउटा यस्तै रमाईलो जमघट हुने गर्दछ जहाँ हरेक बिहान मर्निङ वाक गर्दै ग्लेनरोय वरिपरिका बा आमा जम्मा हुने गफ गर्ने मनको कुरा साटासाट गर्ने देखि नाँचगान गर्ने श्रीस्वस्थानीको कथा वाचन गर्ने समेत गरिदै आएको छ। यति मात्र नभएर नयाँ अभिभावकलाई स्वागत गर्ने र नेपाल फर्कन लागेकालाई बिधाईको कार्यक्रम समेत हुने गरेको छ। त्यस्तै आफ्नो कला देखाएर रमाईलो गर्ने गरेको पनि पाईएको छ। https://www.facebook.com/rabin.shrestha.5811877/videos/10161685915965387?sfns=mo

Get real time updates directly on you device, subscribe now.

Comments are closed.