अस्ट्रेलीयाको मेलबोर्नको सडक दुर्घटनामा निस्मा श्रेष्ठको मृत्यु

Get real time updates directly on you device, subscribe now.

अष्ट्रेलियाको मेलबर्नमा भएको एक सडक दुर्घटनामा नेपाली विद्यार्थी निस्मा श्रेष्ठको मृत्यु भएको छ । उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेकी निस्मा मेलबोर्न स्थित ग्लेनरोयमा बस्दै आएकी थिइन् ।

उनी मेलबर्नको लाट्रोब विश्वविद्यालयमा अध्ययन गर्दै आएकी थिइन् । काम सकेर राती करिव एक बजे घर फर्कँदै गर्दा उनलाई गाडीले ठक्कर दिएको थियो । उनको टाउकोमा गम्भिर चोट लागेको थियो ।

उनले आफ्नो निधन पछि आफ्नो अंग दान गर्ने निर्णय गरेकी थिइन् । निश्माको निधन गत मार्च ४ तारिखमै भएको  तर, परिवारका सदस्यहरु आउँदासम्म यो खबर सार्वजनिक गरिएको थिएन । बिहीबार ७ मार्चमा उनका आफन्तजन मेलबर्न आइपुगेपछि अस्पतालले औपचारिक रुपमा जानकारी दिएको थियो ।

उपचारका क्रममा मार्च ४ मा उनको मृत्यु भएको हो । उनका श्रीमान र परिवारका सदस्य ७ तारिमा मेलबर्न आइ पुगेपछि मात्र अस्पतालले यसको औपचारिक जानकारी गराएको हो ।

Get real time updates directly on you device, subscribe now.

Comments are closed.