भिक्टोरियामा कन्डेल कन्सल्ट्यान्सी कप केहीबेरमा शुरु हुँदै।

Get real time updates directly on you device, subscribe now.

अष्ट्रेलियाव्यापी फुटबल क्लबहरुको सहभागितामा हरेक वर्ष मेलबर्नमा आयोजना गरिने यति कप फुटबल प्रतियोगिताको नवौं संस्करण आज ९ र भोली १० मा डेरेविन ईन्टरनेशनल स्पोर्टस सेन्टर थनवरीमा आयोजना हुँदै  छ ।

यस पटक प्रतियोगितामा २४ टिमले सहभागिता जनाउँदैछन् जसमा अष्ट्रेलियाका विभिन्न राज्यबाट खेलिरहेका फुटबल क्लबहरु रहेका छन् । ९ ए साईड फुटबल म्याचमा खुला उमेर समूहतर्फ एडिलेडबाट अष्ट्रेलियन भुटनिज फुटबल क्लब, क्यानबेराबाट क्यानबेरा नेप्लीज फुटबल क्लब, मेलबर्नका हिमालयन फुटबल क्लब, रोयल फुटबल क्लब, रोयल वेष्टर्न फुटबल क्लब, युनाईटेड फुटबल क्लब, यति फुटबल क्लब ब्लू र यति फुटबल क्लब रेड सहभागी हुनेछन् । यस्तै सिड्नीबाट बेनी फुटबल क्लब, वेष्ट युनाईटेड फुटबल क्लब, फेवा फुटबल क्लब, माछापुच्छ्रे फुटबल क्लब, सगरमाथा फुटबल क्लब, सेन्टजर्ज नेप्लीज क्लबले सहभागिता जनाउँदै छन् भने डार्विनबाट डार्विन हर्टस फुटबल क्लब र तास्मानियाबाट अष्ट्रेलियन भुटनिज ड्रागन स्पोर्टिंग क्लब गरी १६ टिमको सहभागीता रहनेछ । यस्तै ३५ वर्षभन्दा माथि उमेर समूहमा क्यानबेराबाट सीएनफसी, मेलबर्नबाट युनाईटेड फुटबल क्लब, एभरेष्ट फुटबल क्लब, यति फुटबल क्लब र क्रेगीबर्न फुटबल क्लब खेल्नेछन् भने सिड्नीबाट माछापुच्छ्रे फुटबल क्लब, हिमायन युथ क्लब, सेन्ट जर्ज नेप्लीज फुटबल क्लबको सहभागिता रहनेछ । 

नगद राशी ३ हजार डलर पुरस्कार रहेको कन्डेल कन्सल्ट्यान्सी कपको लगभग तयारी पुरा भैसेको र निर्धारीत समयमै खेल शुरु हुने क्लबका अध्यक्ष बम गरुङले जानकारी दिनु भयो।

Get real time updates directly on you device, subscribe now.

Comments are closed.