भूकम्पको राहत चारबर्षदेखि झाडीमा अलपत्र

Get real time updates directly on you device, subscribe now.

भूकम्पका बेला बिपदमा परेका पीडितलाई शुद्ध पानी खुवाउन यूएसएआइडीले पठाएको पानी शुद्ध बनाउने उपकरण(वाटर ट्रिटमेण्ट प्लाण्ट) वीरेन्चोकको एक झाडीमा अलपत्र परेको छ ।नेपाल रेडक्रस सोसाइटीले जिल्ला शाखामार्फत पिडितका लागि पठाएको बहु मूल्य उपकरण चारबर्षदेखि गोरखा नगरपालिका ९ को बिरिम सांस्कृतिक उद्यानमा प्रयोगबिहिन भएर थन्किएको हो ।कुनै उपकरणहरु सामुदायिक वन उपभोक्ता समूहको आँगनमा कुनै पिँडीमा, कुनै भवनभन्दा उत्तरतर्फको झाडीमा र कुनै दक्षिणतर्फको झाडीमा असरल्ल छाडिएको स्थानीयबासीले बताए ।

‘चारबर्षदेखि यहीँ घामपानी खाएर अलपत्र परेको छ’, एक स्थानीयबासीले भने, ‘विपदका बेला विदेशी सहयोगदाताले पठाएका महंगो सामान बाँदरको हातमा नरिबल भएको छ ।’बाँदरको हातमा नरिबल भएको छ ।’ट्रिटमेण्ट प्लाण्ट जडान सम्बन्धी ज्ञान भएर त्यतिबेलादेखि नै त्यहीँ अलपत्र परेको रेडक्रस जिल्ला शाखाका तत्कालीन सभापति यदुबिलास भट्टराईले बताए । ‘धेरै महंगो र धेरै ठूलो उपकरण रहेछ’, भट्टराईले भने, ‘त्यो उपकरण जडान गर्ने तालिम नेपालमा नै जम्मा दुईजनाले लिएका रहेछन् । त्यो जनश क्ति हामीले पाउन सकेनौं । त्यसैले पनि त्यहीँ छाडिएको हो ।’

सो उपकरण गोरखा नगरपालिका ६ को हटियाथोकमा, वडा नं. ८ कट्टेलडाँडामा र आरुघाट गाउँपालिकाको आरुघाट बजारमा पनि लगिएको तर जडान गर्न नसकेर फिर्ता ल्याएर वीरेन्चोकमै केन्द्रित गरिएको रेडक्रस जिल्ला शाखाका सभापति भगवानवावु मास्केले बताए । ‘हामी प्रयोग गर्छौं भनेर हटियाथोकमा, कट्टेलडाँडामा र आरुघाटका बासिन्दाले पनि लगेका थिए’, उनले भने, ‘तर त्यो पूरै सेट होइन, रहेछ । कहीँ पनि जडान गर्न सकेनन् । बेकार हामीलाई लोडअनलोड गर्ने, ढुवानी खर्च मात्र भयो ।’ प्राविधिक ज्ञान नभएर उपकरण अलपत्र परेको भन्दै उनले केन्द्रले नै फिर्त लैजाने उनले बताए ।

Get real time updates directly on you device, subscribe now.

Comments are closed.