एनआरएनएको आयोजनामा सिड्नीमा अभिभाबक बनभोज कार्यक्रम हुदै ।

Get real time updates directly on you device, subscribe now.

इ नेपाल
देवराज दुलाल
सिड्नी, अस्ट्रेलिया

एनआरएनए अस्ट्रेलियाको आयोजनामा अभिभाबकको साथ बनभोज कार्यक्रमको आयोजना हुने पक्का भइसकेको छ। उक्त कार्यक्रम बिशेष गरी नेपालबाट अस्ट्रेलियामा आफ्ना रिलेटिवहरु सग भेटघाटको क्रममा आउनु भएका अभिभाबकहरुको सम्मान स्वरूप आयोजना हुदै आएको छ।

बिगतमा जस्तै सिडनी वरिपरि रहनु भएका अभिभाबकहरु सग भेटघाट साथै एकदिन भए पनि रमाइलो सग घूमघाम गर्ने योजनाको साथ कार्यक्रमको आयोजना गरिएको अस्ट्रेलिया न्यूसाऊथवेल्स समितिका उपसंयोजक अर्जुन के सी ले जानकारी दिनु भएको थियो।

अस्ट्रेलिया न्यूसाऊथवेल्स समितिका उपसंयोजक के सी ले कार्यक्रममा बिगतको तुलनामा यस बर्ष अभिभाबकहरुको उपस्थिति धेरै हुने बिश्वास रहेको बताएका थिए। साथै क्यानबेरा बाट आउनुहुने अभिभाबकहरुको बनभोज ग्रुप सग पनि भेटघाट कार्यक्रम रहेको के सी ले ओएस नेपाल सगको कुराकानीमा जानकारी दिएका थिए।

कार्यक्रम मार्च ३०, २०१९ का दिन बिहान ६।३० देखि साँझ ६।०० बजे सम्म हुने तयारी छ भने पिकअप ११ ठाउ बाट गरिने भएको छ। बिभिन्न मनोरंजात्मक कार्यक्रमको साथ आयोजना हुन गइरहेको उक्त बनभोज कार्यक्रम सिडनी बाट ३ घण्टाको यात्रा पछि रहेको गल्बर्न नेशनल पार्क सम्मको छ भने प्रबेश शुल्क ३० अस्ट्रेलियन डलर रहेको छ।

साथमा बिभिन्न खानेकुराको स्वाद लीन सकिने उक्त कार्यक्रममा सम्पूर्ण सिडनी बासी अभिभाबकहरुलाई उपस्थितिको लागि अनुरोध गरेको छ। उपस्थित हुन इच्छुक अभिभाबकले आफ्नो इष्टमित्रलाई मार्च १६ सम्म तल पोस्टरमा उल्लेखित नम्बरमा सम्पर्क गरी आफ्नो सीट सुरक्षीट गर्न आयोजकले अनुरोध समेत गरेको छ।

source:osnepalnews.com

Get real time updates directly on you device, subscribe now.

Comments are closed.