चौधौ न्याभ कप २०१९ नारे किङ्गको कब्जामा

Get real time updates directly on you device, subscribe now.

न्याभ कप क्रिकेट(NAV Cup cricket )को चौधौ सँस्करण सम्म आई पुग्दा यसले भिक्टोरियामा छुट्टै छाप छोड्न भएको छ। नयाँ नयाँ क्लबहरुको उदय अनी क्लबहरु बिच तिब्र प्रतिस्पर्धाले यस खेललाई रोमान्चक बनाउँदै गएको छ। १४ औं संस्करणको न्याभ कप क्रिकेट प्रतियोगिताको फाईनल खेल आज जे सी डोनार्थ रिजर्भ रिजर्भवेरमा सम्पन्न भएको थियो। रोयल राईनोजका क्याप्टेन निरज श्रेष्ठले टस जितेर शुरुवातमा ब्याटिङ रोजेका थिए। १० विकेटको क्षतीमा २० ओभरनै खेली १२३ रनको टार्गेट दिएका थिए जसमा क्याप्टेन निरज श्रेष्ठले सर्वाधीक ३७ बल खेली सर्वाधिक ३३ रन हानेका थिए। साथै जवाफी बलीङमा पनि तिन विकेट लिन सफल भएका थिए। 

यसै गरी १२३ रनका लक्ष्य बोकी नारे किङ्गसका किरण कन्डेलको नेतृत्वमा व्याटिङ गर्न प्रवेश गरेको नारे किङ्ग १२औ ओभरमा पुग्दा लक्ष्य चुम्न सफल भएको थियो। फाईनल खेलका म्यान अफ द म्याच दिल पङ्गेनी एक्काईस बल खेली सर्वाधिक अन्ठाउन्न रन ल्याउन सफल भएका थिए। यसरी ६ विकेटको जितसँगै नारे किङ्ग यष बर्षको न्याभ कप च्याम्पियन घोषणा भएको छ। 

यस बर्षको न्याभकपको अवार्ड तथा प्रिजेन्टेसन कार्यक्रम आझ बेलुका  ईस्टिनियन हाउसमा हुने जानकारी न्याभका स्पोर्ट्स कोअडीनेटर प्रेमराज कन्डेलले जानकारी दिनु भयो। 

Get real time updates directly on you device, subscribe now.

Comments are closed.