ईच्छा र लगनशीलता छ भने नौ बर्षमा नपाईने अनुभव नौ महिनामा पाईन सकिन्छ- कुशल सुवेदी

Get real time updates directly on you device, subscribe now.

कुशल अस्ट्रेलीया आएको करिवन दश महिना हुन लाग्यो। उनी पनि हजारौ नेपाली युवाहरुले सुन्दर भविस्यको परिकल्पना गरेर अस्ट्रेलीया होमीए जस्तै होमीएका हुन्। गत साल २०१८को अप्रीलमा आएका कुशल भन्छन् मैले नौ बर्षमा नपाईने अनुभव नौ महिनामा नै हाँसील गरेको छु यो देशबाट।

आफुले केही गर्न नसक्नुको पछाडी अरुलाई दोष दिने प्रथा हालीमुहाली हुँदा हामी सधै तल परेका हौं। फलानोलाई भनेको ढिस्कानालाई कति गुहारे खै वास्तानै गरेनन्।आफ्नो मान्छे, चिनेको मान्छे नातागोता भनेर ढुक्क भएर घरमा उपरखुट्टी लाएर बस्ने बानीले पनि हामीले केही गर्न नसकेका हौ। खै कामको लागि भनेको छु भन्देलान नि फलानोले भन्यो कुर्यो बस्यो। न काम पाईन्छ न मनलाई सन्तोष।

कुशल पनि तिनै हजारौ बिधार्थीहरुको भिडमा एउटा लक्ष्य निर्धारण गरेर हिडेको युवा हुन्। अन्तरास्ट्रिय बिधार्थी भएपछि आई परि आउने अस्ट्रेलीयाका बाधा  र अड्चनहरुको सामना गर्नु उनलाई पनि सहज पक्कै थिएन। यहाँ आएको दिनबाटनै कामको खोजीमा तदारुक्ताका साथ लागि परेका थिए। उनी भन्छन् यहाँ आउनु अगाबै उनले थोरबहुत अस्ट्रेलीयाको बारे ईन्टरनेटको माध्यमबाट जानकारी लिई सकेका थिए। ईन्टरनेटको सहजताको भर्पुर प्रयोग गरेर काम र ठाउँको बारे धेरै जानकारी हाँसील गरे जसले उनलाई आएपछि धेरै सजिलो बनाई दियो। सबैले गरे जस्तै उनले पनि मेल्बोर्न शहरका गल्ली र कुना कुना पुगेर आफ्नो रेजुमे नबाँडेका पक्कै थिएनन्। होटेल पब र क्लबमा भन्दा पनि उनले रिटेलका पसलमा गएर रेजुमे बाढ्थे किनकी उसलाई आफ्नो कम्युनिकेसन स्किल माथी ठुलो भरोषा थियो। म बोल्न सक्छु, सवालको जवाफ फर्काउन सक्छु भन्ने खुबी थियो अनि सबै भन्दा ठुलो कुरा आफु माथी ठुलो बिस्वास थियो। सफल हुन वा बन्नलाई चाहिने मुख्य कडी पनि आफैलाई आफुलाई बिस्वास गर्न सक्नु हो। आँट र हिम्मत भएपछि बाँकी कुरा भनेको बिस्तारै समयले सिकाउँदै जाने हो। निखारता भनेको समय र परिस्थितीसँगै माझिदै जानेमा उनी बिस्वस्त थिए। 

अस्ट्रेलीया भित्रेको महिना दिन नबित्दा पनि काम कतै पाएनन् तर हार भने कदापी खाएनन्। रेजुमे बाढ्ने कामको निरन्तरता भने छोडेनन्। यसै बिचमा एक वेर हाउसमा उनले काम पाए। पैसा पनि घण्टाको $२७ थियो तर किन किन उनको भित्री मनले उसलाई झक्झकाई रहन्थ्यो। पैसा मात्र ठुलो होईन जिवनमा।फेक्ट्रीको कामले दाम त कमाईएला तर आफु भित्र रहेको सिप त बेकार हुने भयो भनेर मन कताकता कुडी रहन्थ्यो। फेरी हतारमा झट्टसँगले काम छोड्न पनि मिलेको थिएन किन की मुख र माडको सवाल थियो। त्यसैले विकेन्ड र फुर्सद हुँदा सम्म कामको लागि आबेदन दिन भने छोडेनन्। अन्तर्बार्तामा बोलाए भने काममा छुट्टी मिलाएर होस् या छुट्टीको मौका छोपेर होस् सामेल हुन्थे। 

भाग्यको साथ थियो या अथाहा मेहीनेत, महिना दिन पनि नबित्दै भोडाफोन कम्पनीबाट अन्तर्बार्ताको लागि खबर आयो। अन्तर्बार्ता राम्रो भए पछि फेक्ट्रीको कामबाट बिश्राम लिदै आफ्नो मनले चाहेको कामबाट नयाँ जिवनको शुरुवात गरे। काम सजिलो पक्कै थिएन चुनौतीहरु असरल्लै थिए। अङ्ग्रेजी भाषा मुख्य भाषा अनि बहुभाषी मानिसहरुको बाहुल्यता रहेको देशमा कसरी आफुलाई सहज बनाउने मुख्य बिषय थियो। गार्हो त छँदै थियो तर हार खाएनन्। आएका हरेक चुनौतीलाई स्वीकार्दै गल्तीहरुबाट पाठ सिक्दै आफुलाई झन् झन् माझ्दै लगे। काम पनि राम्रो हुँदै गयो।आफ्नो कार्यशैली देखेर बोसले पनि स्थाई पार्ट टाईमको लागि कामको अफर गर्यो। अफरलाई स्विकार्दै अहिले पनि भोडाफोनको एक शाखामा काम गर्दैछन् कुशल। हालपनि उनी कामको लागि आवेदन दिनै राखेका छन्। किनकी एउटा ढोका खुले पछि अरु पनि बिस्तारै खुल्दै जान्छन्। गएको हप्ता मात्रै उसलाई अस्ट्रेलीयाको चर्चीत टेल्स्ट्रा कम्पनीबाट पनि अफर आएको थियो। 

सारांशमा कुसल के भन्न चाहान्छन् भने मेहीनेत गर्नेको लागि अबसरको खानी हो अस्ट्रेलीया। काम भनेको सानो र ठुलो हुँदैन। शुरुमा आउँदा जे जस्तो काम भए पनि गर्नु पर्छ तर एउटै काममा लिसो टाँसीए जसरी बस्न हुँदैन। अबसरहरु प्रसस्तै छन् आफुले खोज्न सक्नु पर्छ, खोजेर छोप्न सक्नु कला चाहिन्छ र त्यो कला समयसँगै निखारिदै जान्छ। Do not settle for anything less….You deserve for best. आफ्नो छुट्टी र फुर्सद त्यसै खेर नफाल्ने सकेसम्म अन्तर्बार्तामा जाने जसले आफ्नो हिम्मतको स्तर बढ्नमा मद्दत गर्छ र आफुमा भएका कम्जोरीहरु पनि औल्याउन मद्दत पुग्छ। 

यदि कुसलको बारेमा अझ बढि जानकारी लिन मन भए वा कामको बारे केही प्रश्न भए उसलाई 0452 108 109 मा सम्पर्क गर्न सक्नु हुनेछ। 

Get real time updates directly on you device, subscribe now.

Comments are closed.