eNepal

एनआरएन मतगणना जारी

एनआरएन आइसीसीको नयाँ नेतृत्वका लागि मतगणना जारी छ । कूल २३४४ मतदान भएकोमा यो समाचार तयार पारून्जेल २१०० जति मतगणना भएको छ । 

मतगणनाको परिणामलाई अत्यन्तै गोप्य राखिएकाले अहिले बाहिर आएका तथ्यांकहरू यथार्थमा छैनन् । अब मध्यपूर्वको मत गन्न बाँकि छ । 

मतगणनास्थलमै भएका एक प्रतिनिधिले बताएअनुसार अध्यक्षका लागि तीब्र प्रतिस्पर्धा रहेका छ । कुमार पन्तलाई दुई संख्याको बढोत्तरी मिलेको छ  र मध्यपूर्वमा पनि यही अग्रता कायम हुने आँकलन गरिएकाले अध्यक्षमा पन्त थोरै मतान्तरमा जित्ने सम्भावना देखिएको छ । 

चार स्थानका लागि भएको उपाध्यक्षको परिणाम पनि यसै भन्न सकिने अवस्थामा छैन । पछिल्लो अवस्थामा डा. बद्री केसी, अर्जुन श्रेष्ठ, मन केसी र नरेन्द्र भाट क्रमश: प्रथमदेखि चौथो स्थानमा रहेका छन् । नेम्रिकाने उम्मेद्वार डा. केशव पौडेल पाँचौ र  सोनाम लामा छैठौ स्थानमा रहेका छन् । तर, तेस्रोदेखि छैठौसम्को मतान्तर ज्यादै थोरै भएकाले यसै भन्न सकिने अवस्था छैन ।

महिला उपाध्यक्षमा कुल आचार्य समूहकी रविना थापा निक्कै पछि परेको बताइएको छ । उनलाई कुल आचार्य समूहकी सपिला राजभण्डारीले पछि पारेकी हुन् । 

महासचिवमा पन्त समुहकै डा. हेमराज शर्मा केही मतले अगाडि रहेको बताइएको छ । तर, यसको स्वतन्त्र पुष्टी गर्न सकिएको छैन । सचिवमा अमेरिकाका गौरीराज जोशीको फराकिलो मतान्तर रहेकाले उनको जीत लगभग निश्चित जस्तै देखिएको छ । 

Related posts

Yellow Pills: What are They Made use of For?

अविलास

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349