eNepal

सीको सम्मानमा बारा, म:म देखि इलामको चियासम्म

काठमाडौं- चिनियाँ राष्ट्रपति सि जिनपिङले दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा शनिबार नेपाल आएका राष्ट्रपति सी राजधानीको होटल सोल्टी क्राउन प्लाजामा बस्ने व्यवस्था मिलाइएको छ। सो होटलका पूरै कोठमा चिनियाँ पक्षले नै बुकिङ गरेको छ। 

यतिबेला राष्ट्रपतिको सम्मानमा दिइने रात्रिभोजमा समावेश गरिने खानाको सूचीप्रति जिज्ञासा प्रकट भइरहेको छ। परराष्ट्र मन्त्रालयले सीको सम्मानमा दिइने खानाको सूची तय गरेको छ। 

सो सूचीअनुसार बारा ममका साथमा लुक्ला सिमीसँग साँधेको भटमासबाट सुरू हुने रात्रीभोज इलामको चिया तथा गुल्मीको कफीमा पुगेर समापन हुनेछ। 

यसैगरी दोस्रो चरणमा कुरिलो र क्वाँटीको रस समावेश गरिएको छ। मुख्य खानाका रुपमा डबल रोस्टेड ल्याम्ब चप (दुई पटकसम्म तारिएको मासुको परिकार) र साँधेको लसुनको परिकार समावेश गरिएको छ। यसका साथै ब्ल्याक राइस चामलको परिकार पनि समावेश छ।

यसपछि डेजर्ट हुँदै इलामको चिया तथा गुल्मीको परिकार सर्भ गरेपछि रात्रिभोजको कार्यक्रम समापन हुने बताइएको छ। 

राष्ट्रपति सीले नेपाल भ्रमणका क्रममा राष्ट्रपति, प्रधानमन्त्री र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम तय भएको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349