eNepal

रिचा मेमोरीयल क्रिकेट टुर्नामेन्ट आज मेल्बोर्नमा आयोजना हुँदै

मेल्बोर्नको सगरमाथा क्रिकेट क्लबको आयोजनामा आज १३ अक्टुबरका दिन I.W Dole Reserve, र J.C Donath, Reservior मा मेल्बोर्नका आठ क्रिकेट टिमहरुको सहभागीतामा रिचा मेमोरीयल क्रिकेट टुर्नामेन्ट आयोजना हुने भएको छ। 

पहिलो खेल बिहान दश बजे एससीसी ब्रिलीयन्ट र द हिमालयनको I.W Dole Reserve, Reservior मा हुँदैछ भने रोयल राईनोज बी र नारे किङ्ग बीचको खेल J.C Donath मा हुँदैछ। त्यसै गरेर रोयल राईनोज ए र एक्सपर्ट क्रिकेट क्लव बिचको खेल अपरान्ह १:३० मा J.C Donath, Reservior मा अनि सोही समयमा गोर्खाली क्रिकेट क्लव र सगरमाथा क्रिकेट क्लव ए बिचको खेल I.W Dole Reserve, Reservior मा हुने तय भएको छ। 

रिचा मेमोरीयल क्रिकेट टुर्नामेन्ट रिचा श्रेष्ठ जसको केही महिना अगाडी क्यान्सर रोगबाट मृत्यु भएको थियो उनैको सम्झनामा आयोजना गरिएको प्रतियोगीता हो। रिचा श्रेष्ठ सगरमाथा क्रिकेट क्लवका प्रथम प्रेसीडेन्ट बिवेक श्रेष्ठका श्रीमती हुनुहुन्छ जसले सन् २०१४ देखी सन् २०१९ सम्म क्लबका अध्यक्षका रुपमा सफल नेतृत्व निर्वाह गरी सक्नु भएको छ। 

उनै रिचा श्रेष्ठको सम्झनामा हरेक बर्ष सगरमाथा क्रिकेट क्लवले भिक्टोरीयन नेप्लिज क्रिकेट एसोशीयसनको सहयोगमा यो टुर्नामेन्ट आयोजना गर्ने भएको छ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

Manoj Poudyal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

Manoj Poudyal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349