मेलबर्न ।अध्ययनका लागि अष्ट्रेलिया जाने नेपालीहरु विद्यार्थीहरुले कलाकारितामा भविष्य खोज्न थालेका छन् । उच्च शिक्षा अध्ययनका लागि भन्दै अष्ट्रेलिया पुग्ने नेपाली युवा युवतीहरुले विभिन्न माध्यामबाट आफ्नो प्रतिभा प्रदर्शन गरिरहेका छन् ।
यहाँ रोजगारी सँगै अध्ययन गर्नुपर्ने ब्यस्त समयका बावजुत पनि नेपालीहरु युवा युवतीहरुले अभिनय गरेको म्युजिक भिडियो तथा विभिन्न सन्देश मुलक डकुमेन्ट्रीहरु सार्वजनिक भईरहेका छन् ।
यसैविच अध्ययनका लागि अष्ट्रेलिया पुगेका नेपाली विद्यार्थीहरुको समुहले थिंकिङ अवाउट यु बोलको गित सार्वजनिक गरेका छन् ।
बाबा फिल्म्स प्रोडक्सन युट्युव च्यानल मार्फत सार्वजनिक भएको गितमा फोक्सिटी प्रदिपको आवाज समावेश गरिएको छ ।
आधुनिक शैलिको यस गितमा संगम अधिकारीको शब्द र संगित रहेका छन् । गितको म्युजिक भिडियोमा नेपाली कलाकारहरु सायद श्रेष्ठ र अर्चना मास्के श्रेष्ठको अभिनय देख्न सकिन्छ ।
अष्ट्रेलियाको मेलबर्नमा रहेका विभिन्न रमणीय दृश्यहरु समाबेश गरि तयारी पारिएको म्युजिक भिडियोको सञ्जय सेन्चुरीले निर्देशन तथा सम्पादन गरेका हुन् ।