यो क्षेत्र गुलामको क्षेत्र हो, जहाँ गुलामीका गीतहरु मात्र गाईनु पर्छ !

Get real time updates directly on you device, subscribe now.

हजुरबाट पनि धेरै सिक्नु छ दाइ, सो लोक गित गाउने पनि मैले कोसिस गर्दैछु । हिड्ने मान्छे लड्छ ! तपाइँले सिकाउनु एको छ, त्यसको लागि धन्याबाद ।

लोक गित ‘सालको पात टपरी’का सर्जक बसन्त थापाको गित नेपाल आइडलका बिजेता रवि ओडले अस्ट्रेलियाको स्टेजमा गायपछि, उनले सर्जक थापा संग यसरि माफी मागे । गल्ति पश्चात माफी माग्नु ठुलो महानता हो तर माफी नदिने महाभुल हो ।

रबि बिजेता बन्ने बेला रुष्ट बनेका केहि अराजक तत्वले उनलाई नंग्याउन अहिले हतियारको रुपमा प्रयोग गरेर, गाउदा गित बिगारेर, शब्द भुलेर गायो भन्दै उडाइरहेका छन् ।

रबि ओड गरिब परिवारमा जन्मिए । गरिब र पिछडिएको समुदायबाटै दोश्रो नेपाल आइडल जिते । उनको जितमा बेखुसीहुने केहि जमातलाइ यति बेला भने बसन्त थापाको ‘आलोचना’ रविलाई उडाउने खुराक बनेको छ ।

नेपाली संस्कार के हो ? पंतिकारले अहिले सम्म बुझ्न सकेन । कसैले भन्छन संस्कार भनेको आफूभन्दा ठुलालाई मानमर्दन र सम्मान गर्न सामदाम दण्ड भेटि चढाएर खुट्टा समाउने हो ! कसैले भन्छन संस्कार भनेको त्यो हो; न ठुलो, न सानो सबै स-सम्मान बराबर भएर बाँच्न पाउने हो ।

नेपाली कलाक्षेत्रमा यो ‘संस्कार’ भन्ने लगौटीले भने धेरै नव प्रतिभाहरुको घांटी निमोठ्ने गरेको छ । संस्कार भन्ने जिनिसको पालना नगर्दा कैयौ नव प्रतिभाहरु गुमनाम हुनुपरेको छ, पलायन भएका छन् ।

नव प्रतिभाहरु हिड्दा हिड्दै अन्जानमा लड्दा सर्जक, संगीत गुरु तथा बरिष्ट, कनिष्ट कलाकारहरुलाइ संस्कार अनुसारको सम्मानमा आँच आउछ र ज्युउदै मारिएका छन्, यो क्षेत्रबाटै पलायन भएका छन् ।

आउने नव प्रतिभाहरुलाई जगेर्ना गर्ने वातावरण नेपाली कलाक्षेत्रमा शुन्य छ । त्यहाँ भक्तिभाव गर्नुपर्छ । राजा महाराजाहरुलाई झैँ पाउ छोएर झुक्नु पर्छ, देवीदेवताहरुलाइ झैँ गाउनु पुर्व नाम पुकार्नु पर्छ । मान सम्मानको भेटि चढाएर मात्र नित्यकर्म गर्नुपर्छ ।

यसरि हेर्दा, यो क्षेत्र गुलामको क्षेत्र हो, जहाँ गुलामीका गीतहरु मात्र गाईनु पर्छ ।

यति बेला यस्तै मारमा रबि ओड परिरहेका छन् । गायक रबि ओड र सर्जक बसन्त थापाको बिषयलाई लिएर बहस सुरु भएको छ । भलै रबि ओडले माफी मागी सके तर बहसले चिसो मौसममा पनि गर्मि ल्याएको छ ।

सायद रबिले आफु भन्दा सिनियर कलाकार तथा सर्जकहरुलाई सामदाम दण्डभेटी चढाउनु पर्छ, नत्र उनको यो यात्रा कठिन छ ।

रविले भनेका छन् हिड्ने मान्छे लड्छ, तर यहाँ हिड्ने मान्छे लड्नु हुँदैन भन्ने कुतर्क तिर बहस चलिरहेको देख्दा त्यो बहसमा यो पंतिकारले दुइ शब्द मात्र राख्न चाहेको हो ।

महिला प्रतिभाहरुले आफ्नो जवानी बेच्नु पर्ने छ । सिन्डिकेट संगीतको यात्रामा सामदाम भक्तिभावले मात्र सम्भब छ । नत्र रवि ओडहरु सफल गायक बन्ने छैनन् । सिन्डिकेट संगीतको यात्रा झेलेर सफल गायक बनेको दिन, सायद रबि पनि यहि सिन्डिकेट संगीतको संस्कारबाट ओतप्रोत भैसकेका हुनेछन र नव प्रतिभाहरुलाइ यसैगरी सिन्डिकेट लागु गर्ने छन् । जसरि आफुले ठुला सर्जकबाट सिन्डिकेटका शब्द बाणहरु बेहोरी रहेका छन् ।

आखिर अभिभाबकको संस्कार नयाँ पुस्ताले सिक्ने न हो ?

खासमा यो सर्जक र स्रष्टा तथा गायक बिच हिजै देखिको अन्तरबिरोध हो । यो पंतिकारले उनीहरुको बीचको अन्तरविरोधलाइ केलाउन्न चाहान्न तर सर्जक, स्रष्टा तथा बरिष्ट कनिष्टहरुले नव प्रतिभाहरुलाइ कसरि हत्तोसाहित बनाएर पलायन तिर डोर्याउछन भन्ने बारे चेष्टा गर्ने जमर्को गर्ने छ ।

हो रबि ओडको समस्या हो । उनको समस्या भनेको गित गाउनु पुर्व सर्जक बसन्त थापासंग अनुमति लिएर लोक गित ‘सालको पात टपरी’ गाउनु पर्थ्यो । किनकी त्यहाँ नव प्रतिभाहरुका लागि प्रतिलिपि अधिकार ठिङ्ग्ग भएर ठाडो उभिएको छ । त्यो पनि मौसम अनुसार उभिएको हुन्छ ।

जव गित हिट हुन्छ प्रतिलिपि अधिकारका सिन्डिकेटहरु सल्बलाउछन । जव त्यहि गित सुपर फलप हुन्छ, मेरो गित गाइदिनु न भनेर बाहिरबाट ज्याक समेत लगाउने बेमौसमी हावा पनि चल्छन ।

दोश्रो कुरा गाउनु पुर्व रविले ठुलो स्वरमा ‘सालको पात टपरी’ गितका चर्चित सर्जक आदरणीय बसन्त थापा ज्यु हुनुहुन्छ, म उहाँको गित गाउदै छु’ भनेर थापाप्रति मान-सम्मान, भक्तिभाव टक्र्याउनु पर्थ्यो । नजिक भए खुट्टा समेत छुनु पर्छ, यो दक्षिणी संगीतले सिकाएको संस्कार हो ।

जहाँ सर्जकप्रति आदर र सम्मान नट्क्र्याउदा अपमान ठान्ने संस्कृति बनेको जो छ ।

नयाँ कलाकारहरुले आफ्नो क्षमता अनुसारको कला प्रस्तुत गर्न अग्रज कलाकारहरुको पाउ समाएर बिन्ति नबिसाए देउता रिसाउने नेपाली कलाकार भित्रको प्रचलन भारतीय संगीतको पद्दति हो, जो संस्कारको रुपमा हुर्कियो । यसकै उपजले कपीराइट अर्थात् प्रतिलिपि अधिकारको नीति जन्मिएको हो ।

सर्जक बसन्त थापा रबि ओडमाथि भड्किए । प्रतिलिपि अधिकारको नीति लिएर उनि भड्किनु जायज छ । आफ्नो गित कसैले अनुमति बिना गायो भने कानुनतह कपीराइटको दावीगर्नु अधिकार सिद्द कुरा हो । तर प्रतिलिपि अधिकार भन्दा रविको क्षमता माथि धेरै प्रश्न उठाउने अधिकार उनीलाई छैन ।

‘गित बिगारेर गाइदियो, शब्द भुलेर गायो, ओरिजिनल म्यालोडी अनुसार गायन, गितलाइ न्याय गरेर गायन’ भनेर छुद्र टिप्पणी गर्नु उनको बौद्दिकतामाथि प्रश्न उठ्छ ।

बसन्त थापाले खोजेको प्रतिलिपि अधिकार हो वा रबि ओडले आफ्नो गीतलाई गाउदा न्याय नदिएको भन्ने बिषयमा हो ?

स्टेज कार्यक्रममा गाउदा शब्द भुल्ने, वा म्यालोडी तलमाथि हुने स्वाभाविक कार्य हो । प्रतिलिपि अधिकारलाइ दावी गर्ने बहानामा जनताको नजरमा नेपाल आइडल बिजेता बनेका रबि ओडको क्षमता माथि प्रश्न उठाउनु त्यो ‘असल सर्जक’ हुन सक्दैन ।

नेपाली जनताले रबिको प्रतिभा हेरेर अत्याधिक भोट दिएर जिताएका हुन् ।

एउटा सर्जकले प्रतिलिपि अधिकार बाहेक, रबि ओडको क्षमता माथि यस्तो तुच्छ टिप्पणी गर्नु गायक माथिको अपहेलना हो । नव प्रतिभाहरुको मनोबलमाथि आक्रमणगरि नेपाली सांगीतिक क्षेत्रबाट ज्युँदै हत्या गराउने हर्कत हो ।

त्यसैपनि नेपाली गित संगीतमा मोर्डन संगीतको तुलनामा ‘लोक गीतलाई’ हेर्ने र बुझ्ने दृष्टिकोण निकै भिन्न छ । नयाँ पुस्तामा लोकगितलाइ पाखे भनेर बुझ्ने चलन तिब्र गतिमा छ ।

नेपाल आइडल बिजेता बन्नेबेला पनि रबि ओडले आधुनिक गित संगीतको भट्टीबाट ताज जितेका हुन् । तिनै ओडले आज स्टेज प्रोग्राममा लोक गितलाइ प्राथामिकता दिएर गाउनु यो त लोक सर्जकहरुका लागि खुसीको कुरा हुनुपर्ने हो ।

अहिले सम्म भएका बिजेताहरुले लोक गित गायको यो पंतिकारले कहिँ कतै देखेको छैन, रबि शिवाय ।

अनि मोर्डन संगीतका विद्यार्थीले लोक गित गाउदा सर्जक बसन्त थापाको जस्तो म्यालोड़ीमा ओडले गाउन कसरि सक्थे ? तर लोक गीतलाई पनि उनले स्थान दिइरहेका छन् भन्ने कुराको हेक्का बसन्त थापाले राखेनन् र एकोहोरो आलोचनाका शब्दबाण प्रहार गर्न तम्सिए ।

जब गित स्रोता माझ हिट हुन्छ, तव त्यो सर्जकका लागि अमुल्य हुन्छ । जव गित हिट हुँदैन तव त्यो गित जसले गएपनि वास्ता हुँदैन । यो प्रतिलिपि अधिकार पनि किन यस्तो विभेदकारी छ ? के संस्कार भन्ने जिनिस सानालाई मात्र लागु हुन्छ ?

एउटा गित आफैमा हिट हुने होइन । त्यो धेरैले सुनेर गाएर हिट हुने हो । सायद सालको पात टपरी गित हिट हुनुमा रवि ओड जस्ता भर्खर उदाइदै गरेका गायकहरुले गाउदा पनि त हिट भएको हुन सक्छ ? नत्र सालको पात टपरी रामकृष्ण ढकालले गाउने कुरा भएन, राजेश पायल राइले गाउने कुरा पनि भएन ।

प्रतिलिपि अधिकारको बिपक्षमा यो पंतिकार छदै छैन । प्रतिलिपि अधिकारको संधै सम्मान गर्छ तर एउटा कुरा स्मरण होस् । स्वर सम्राट नारायण गोपाल, तारा देवीहरुको गीतमा पनि प्रतिलिपि अधिकार लागु भएको भए, नेपाली गित संगीतका लिजेण्ड नारायण गोपालहरु केवल स्मृतिको पानामा कैद हुन्थे । आजका पुस्ताले नारायण गोपाललाइ उहिले भुलिसकेका हुन्थे ।

आज पनि नयाँ पुस्ताले नारायण गोपालका गितहरु नगाइदिने हो भने यहि पुस्ता देखि नारायण गोपाल लोप हुनेछन । मत भन्छु, एउटा सर्जकको गित ‘युग देखि युग’ सम्मका पुस्ताहरुले गाइरहुन र त्यो गित युगौयुग बाँची रहोस । गित बाँचे पो सर्जक बाँच्ने छ ।

सर्जकका सिर्जनाहरुमा सिमित समय अवधि भरका लागि प्रतिलिपि अधिकारको सुनिस्चित गरेमा मात्र सर्जक स्रष्टाहरु युग सम्म बाँची रहनेछन । नत्र नयाँ पुस्ताका लागि असल एउटा सर्जक इतिहासबाट गुमनाम हुने निश्चित छ। सर्जक ज्यूँदो हुँदा उसको बर्तमानलाइ हेरी लाभलिने तर भबिस्यमा मरेपछि हराउने हो भने प्रतिलिपि अधिकार लागु गरे हुन्छ ।

अन्तमा कसै प्रति आग्रह पुर्बाह्ग्रह नराखी, यो पंतिकारले नयाँ प्रतिभाहरुका लागि बहस सिर्जना गरेको हो ! जाँदा जाँदै रबि भाइलाई भन्छु, गुरु रिझाउने प्रतिलिपि अधिकारको सम्मान गर्दै रबि ओडहरुले गुलामिका गीतहरु गाइरहनु तर तिम्रो पालामा नव प्रतिभाहरुलाई प्रतिलिपि अधिकारको नाममा कैची लगाएर ज्युउदै मार्ने काम नगर्नु ।

किन कि यो पंतिकार गित संगतिको पारखी हो । कुनै बेला गायक बन्ने उसको अभिरुचि थियो तर सिन्डिकेट बोकेका संगीतधारीहरुको सामु टिक्न सकेन, यो पनि पंतिकारकै कमजोरी हो । रबि ओड तिमी भने हार नखानु, सामाना गर्नु, संघर्ष पछि सफलता छ । जय गित संगीत ।

साभारः उज्यालो खबर

Get real time updates directly on you device, subscribe now.

Comments are closed.