आज मेल्बोर्नमा नेपाल आईडल २ बिशेष कार्यक्रम हुँदै

Get real time updates directly on you device, subscribe now.

नेपाली रियालिटी शोहरुमा छलाङ् मार्दै लाखौ नेपालीको मनमा बस्न सफल भएको अन्तरास्ट्रिय स्तरको पहिलो रियालिटी शो नेपाल आईडल सिजन दुईको मेल्बोर्न सँस्करण आज मेल्बोर्नको बिलबोर्ड भेन्युमा आयोजना हुँदैछ। उत्कृष्ट छ प्रतियोगीहरु रहेको यस कार्यक्रमको बारे जानकाारी दिन हिजो पत्रकार सम्मेलन सहित कलाकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। साथसाथै कलाकारको साथमा डिनर डेटको कार्यक्रम पनि सम्पन्न भएको थियो जहाँ सहभागीहरुले मनोरन्जन लिएका थिए।

यस कार्यक्रमलाई स्मार्ट एक्सिस् एण्ड ईन्टर्टेन् अस्ट्रेलीयाले मेल्बोर्नमा आयोजना गर्न लागेको हो भने कन्डेल कन्सल्ट्यान्सीले टाईटल स्पोन्सर गरेको छ।मेल्बोर्नको बिलबोर्ड द भेन्युमा आयोजना हुने यस कार्यक्रमलाई सबैकी लोकप्रीय होस्ट रिमा विस्वकर्माले सँचालन गर्दैछिन्।

२७ जनवरीमा पर्थ हुँदै, ब्रिसबेनमा २९ जनवरी, एडिलेडमा १ फेब्रुअरीमा सफलता पूर्वक सम्पन् भईसकेको छ भने आज मेलबर्नको कार्यक्रम पनि भव्य रहने आश गरिएको छ।यस पछि सिड्नीमा ८ फेब्रुअरी, क्यानबेरामा ९ फेब्रुअरी र तास्मेनियामा १७ फेब्रुअरीका दिन आयोजना हुने तय भएको छ भने नेपाल आईडल २ टुरको ब्यबस्थापन एमटी ८८४८ इभेन्ट्स ब्रिसबेनले गरेको छ।

Get real time updates directly on you device, subscribe now.

Comments are closed.