सिड्नीमा भएको भीटेनको कार्यक्रममा झगडा, झडपमा नेपालीलेनै फुटाई दिए अर्को नेपालीको टाउको ।

Get real time updates directly on you device, subscribe now.

देवराज दुलाल
सिड्नी,अस्ट्रेलिया

नेपाली कार्यक्रम अस्ट्रेलियामा बढ्दो क्रममा छ, नेपालबाट कलाकार आउने तथा अस्ट्रेलियामै रहेका स्थानिय नेपाली कलाकारहरु द्वारा नेपाली कार्यक्रम भब्यका साथ सम्पन्न त हुन्छ तर प्रवासमा पनि हामी नेपाली, नेपाली पारा देखाउन भने छाडेनौ। हप्ता भरिको काम,पडाइ, दुख, पिडा भुल्ने चौतारी बन्दै आएको नेपाली कार्यक्रममा लफडा पर्ने पनि उतिकै बडेको देख्न सक्छौ। हालसालै भएको भीटेनको कार्यक्रममा पनि नेपालि नेपाली बीच झडप भएको छ। रक्सिको मात चड्दै गए पछि,सानो सानो नेउले ठुलो समस्या बन्न पुग्ने र एक आपसमा झगडा गर्ने यो त हामी सब नेपालीको बानिनै हो तर बेदेशी भूमिमा आएर नेपाली नेपाली बीच झगडा गर्नु कत्तिको उचित हो? के यस्ता किसिमका घटनाले नेपाली नेपाली बीच गहिरो भाइचारा झल्काउँछ? गल्ति कसले गर्यो र कसले पहिला हातपात गर्यो भन्नु भन्दा पनि,नेपालीको कार्यक्रम हामी आफैले आयोजना गरिएको कार्यक्रम हो । कार्यक्रम सफल, सरल र शभ्य तरिकाबाट सम्पन्न गराउनु हाम्रो कर्तब्य हुन्छ। एक नेपाली र अर्को नेपाली बीच रक्सिको मात चडे पछि झडप भएको हो, झडपको कारण के हो भनेर खुल्न सकेको छैन। झडपमा एक नेपालीको टाउको फुटेको छ । घटना पछि कार्यक्रम समेत निरन्तर जान सकेन र अन्त्यमा कार्यक्रमनै स्थगित हुन पुग्यो। एक नेपालीको गल्तीले गर्दा कार्यक्रम समेत इस्तगित हुने र कार्यक्रम को अवस्ता तनाब ग्रस्त बन्न पुग्छ। यस्ता किसिमका घटनाले गर्दा कार्यक्रममा जान समेत असुरक्षित महसुस हुन सक्छ ।आफ्नो काम पडाइको ब्यस्त समाएका भाबजुत पनि नेपाली दाजु भाई दिदि बहिनिहरु नेपाली कार्यक्रममा मनोरन्जन गर्न जाने गरेको छन तर एक दुइ जनाको कम्जोरीले गर्दा सम्पूर्ण नेपालीलाई निरास बनाउने कुरामा दुइ मत रहने छैन । आउँदा दिनहरुमा पनि यस्ता किसिमका कार्यक्रम त अजै नै हुन्छन तर नेपाली दाजु भाईहरु बेदेशी भूमिमा यस्ता घटनाले समाजमा नराम्रो असर पर्न जाने कुरा पनि ख्याल राख्नु पर्ने होकी ?

Get real time updates directly on you device, subscribe now.

Comments are closed.