eNepal

मैले जन्मेदेखि मृत्यसम्म तिरेको कर केका लागि ? डा. युवराज संग्राैला

म बिहान ७:३० मा कलेज पुग्छु। म घरमा सुच्छु। यो मेरो श्रमले बनाएको घर हो । मेरो पैसाले किनेको जमिन हो। म यसको कर तिर्छु । मेरो छिमेकीले कोठा भाडामा लगाएका छ्न् । उनी त्यसकाे पनि कर तिर्छन् ।

मैले बिहान खाएको पाउरोटीको पनि म कर तिर्छु । मैले बाँच्न पनि कर तिर्नुपर्छ । म ६ घण्टा पढाउँछु । मेरो दिमाग र श्रमबापत म तलब पाउँछु । तर, त्यसमा पनि कर लाग्छ ।

म गाडी किन्छु । त्यसमा कर तिर्छु । प्रत्येक वर्ष कर तिर्छु । म पेट्रोल किन्छु, त्यसमा पनि कर तिर्छु । म सडकमा गाडी कुदाउँछु, त्यसकाे पनि कर तिर्छु ।

त्यस्तै, म सन्तानलाई पढाएबापत कर तिर्छु ।

म बिरामी हुन्छु, डाक्टरलाई जचाउँदा पनि कर तिर्छु । म औषधि किन्छ, त्यसमा पनि कर तिर्छु । म  चस्मा किन्छु, त्यसमा पनि कर तिर्छु। 

म जुत्ता किन्छु, त्यसमा कर तिर्छु । म सर्ट किन्छु, त्यसमा कर तिर्छु । म कट्टु किन्छु, त्यसमा कर तिर्छु । म बिजुलीको शुल्क तिर्छु, त्यसमा पनि कर तिर्छु । म पानी पिउँछु, त्यसमा कर तिर्छु ।

म जीवनका प्रत्येक पाइलामा कर तिर्छु । हर्ट अट्याक हुन्छ, त्यसका लागि औषधि गर्छु । मृत्युबाट फर्किंदा पनि कर तिर्छु । दुर्घटना हुन्छ। मेरो खुट्टा काटिन्छ । तर, मसँग कर पनि लिइन्छ । बम पड्किन्छ, म बल्ल बल्ल बाँच्छु, मसँग कर उठाइन्छ । 

तर, यो करबाट के किन्छ सरकार ?

१. मन्त्री र हाकिमलाई महँगाे गाडी किन्छ ।

२. मन्त्री र हाकिमले चड्ने गाडीमा हाल्न तेल किन्छ ।

३. मन्त्री र हाकिम विदेश यात्रा गर्न भत्ता दिन्छ सरकार । गत साल १ हजार ४ सय जना हाकिम र मन्त्रीले विदेश डुले, मैले अस्पतालमा उपचार गर्दा तिरेको करले ।

४. दलका कार्यकर्तालाई खर्च बाँड्छ ।

५. बाटोमा एक इन्चको पिच गरेर ठेकेदारलाई पैसा दिन्छ । हाकिम र मन्त्रीले ३५% प्रतिशत घुस खान्छ्न् ।

६. देशको व्यापार घाटा सात गुणा बढी भएको छ। टोलटोलका फलफूल दुकानमा अस्ट्रेलियाबाट ल्याइएका स्याउ छ्न् । तर, जुम्लाका स्याउ भैंसीले खाँदै छ्न्। 

७. गरिबले सिटामाेल पाउँदैन । सुकुमबासीकाे घर छैन । थुप्रै महिला शरीर बेच्न बाध्य छ्न् ।  किन ?

म यो देशको सन्तान हुँ। मेरो जिम्मेवारी छ, यो देश जोगाउने। म नागरिक हुँ यो देशको । मेरो जवाफदेहिता छ देशको संंरक्षण गर्ने। तर, मलाई शासन गर्छन् मेरा देशका नेता। मलाई शाेषण गर्छन्, मेरा नेता। 

मैले भर्खर एउटा सन्तान पाएँ । उसले यो देशलाई जोगाउन ज्यान पनि दिन्छ भविष्यमा । तर, उसलाई लिएर घर फर्किंदा मैले उसलाई पाएबापत कर तिरें । अब उसकाे नाम दर्ता गर्दा कर तिर्नुपर्छ। उसलाई स्कुल भर्ना गर्दा कर तिर्नुपर्छ। उसकाे विवाह दर्ता गर्दा कर तिर्नुपर्छ। उसको नागरिकता लिँदा कर तिर्नुपर्छ।

कहिलेसम्म म कर तिरिरहने अनि मन्त्री र हाकिम मेरो करबाट कहिलेसम्म मस्ती गरिरहने ?

म तपाईंलाई भोट हाल्न चाहन्छु, के मेरा यी प्रश्नकाे जवाफ तपाईंसँग छ ?

के चुनाव मेरो श्रममा लगाएको करबाट बाजी खेल्ने खेल मात्र हो ? हरेक नागरिक सचेत हुन अवाश्यक छ । सोध्नुहोस् प्रश्न ।  लोकतन्त्रलाई आफ्नो हातमा लिने प्रयास गर्नुहोस्। निराशा होइन, चेतनाको खेती गरौं ।

(डा. युवराज संग्राैलाकाे फेसबुकबाट) 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349