eNepal

सभामुख कृष्णबहादुर महरा पक्राउ

यौन दुर्व्यवहारको अभियोग लगेका पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेकोे छ । महरालाई सभामुखको सरकारी निवास बालुवाटारबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहका अनुसार महरालाई सभामुखको सरकारी निवास वालुवाटारबाट पक्राउ गरिएको हो ।

जिल्ला अदालत काठमाडौंले आज उनलाई पक्राउ गर्न अनुमति दिएलगत्तै प्रहरीले महरालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार महरालाई पक्राउ गरी यौन दुर्व्यवहार अभियोगमा अनुसन्धान प्रकृया अघि वढाइ्रएको हो ।

महरामाथि लागेको आरोप पुष्टि भएमा उनलाई ३० हजार जरिवानासहित तीन बर्ष कैद हुन सक्नेछ ।

संसद सचिवालयमा कार्यरत रोशनी शाहीको किटानी जाहेरीका आधारमा महरालाई पक्राउ गरिएको हो । शाहीले आफुलाई महराले बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।

शाहीको कोठावाट महराको फुटेको चस्मा र उनले पिएको रक्सीको बोतल बरामद गरिसकेको छ । प्रहरीले यसैलाई प्रारम्भिक प्रमाण मान्दै अनुसन्धान प्रक्रिया अघि वढाइसकेको जनाएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349