eNepal

अब अमेरिकामा आफन्त ल्याउन मुस्किल हुने

अमेरिकी नागरिकता लिइसकेका वा ग्रीनकार्ड भएका नेपालीले अब आफन्त ल्याउन उनीहरूको स्वास्थ्यवीमा गर्नैपर्ने भएको छ । यो प्रावधानसँगै अब अमेरिकामा आफन्त ल्याउन असम्भव नभए पनि मुस्किल भने बढ्ने भएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एक कार्यकारी घोषणामा हस्ताक्षर गरेपछि यस्तो अवस्था सिर्जना भएको हो । 

अमेरिकामा आप्रवासी भिसा खोज्ने मानिसका लागि लागु हुने यो प्रावधान नेपालीका लागि पनि लागु हुन्छ । कानुनी रूपमा नागरिक र स्थायी बासिन्दालाई असर नगर्ने यो प्रावधान पति वा पत्नी र अमेरिकी नागरि कका अभिभावकलाई लागू हुन्छ । यसले जो आफ्ना बाबुआमा, सासु ससुरा वा आफन्तलाई आप्रवासी भिसामा अमेरिका ल्याउन कोशिस गर्दैछन् उनीहरु प्रभावित हुन्छन । शरणार्थी र पर्यटक भिसाका लागि भने यो प्रावधान लागु हुदैन ।

स्वास्थ्य वीमा गरेर आफन्त ल्याउन महंगो मात्र पर्दैन, यो झन्झटिलो पनि हुन्छ । आप्रवासी भिसााका लागि भनेर न सरकारी न निजी कुनै पनि भिसा पोलिसी नै डिजाइन गरिएका छैनन् । एक वीमाविज्ञ भन्छन्- ‘ अहिले कुनै पनि वीमा पोलिसी आप्रवासी भिसाका लागि जारी गर्न सकिने अवस्थै छैन । यसका लागि छुट्टै वीमा नीति आउन जरूरी छ ।’ 

सरकारले अहिले नै स्वास्थ्य बिमा बिना आप्रवासी भिसा नदिने हो भने कसैले पनि भिसा नै पाउन सक्ने अवस्था रहदैन । उनी अगाडि भन्छन्- ‘अहिले अमेरिकामा  आप्रवासी भिसामा आउनेका लागि तुरून्तै जारी गर्न सकिने वीमा पोलिसी नै छैन ।’

सरकारको यो नयाँ नीतिबाट आप्रवासी भिसामा अमेरिका आफन्त ल्याउन तत्कालका लागि त सम्भव नै छैन । नयाँ नीति आए पनि त्यो नीतिअनुसार विमा गर्दा महंगो हुने भएकाले महंगो स्वास्थ्य वीमा गरेर आफन्त ल्याउन सहज हुदैन । 

यसले अब अमेरिका आफन्त ल्याउने चर्को प्रतिस्पर्धामा ब्रेक मात्र लाग्ने हैन कि स्टप नै हुने सम्भावना बढ्दो छ । 

अमेरिकामा रहेका आप्रबासीका लागि यो ठुलो झट्का भएको बताउँदै अमेरिकामा सामाजिक सञ्जालमार्फत् सचेतना फैलाइरहेका भेट्रन पत्रकार सानुबाबु सिलवाल लेख्छन्- ‘सासु-ससुरा, साली-साला, आमा-बा ल्याउने ग्रीनकार्ड हाता लगाइएकै भोलि पल्ट फुडस्ट्याम्प र मेडिकेड एबम मेडीकेयरका लागि एप्लाइ गरिहाल्नेको भींडले बढाएको अमेरिकी सरकारको आर्थिक बोझ यो नयाँ नितीमार्फत् घटाउन खोजिएको देखिन्छ ​। यसैगरी च्याप्दै जान थाल्यो भने अमेरिकामा आफ्ना परिवार र आफन्तलाई इस्पोन्सर गरी ल्याउने जोरजुलुम र प्रस्तिस्पर्धा घट्न जानेछ​ । 

Related posts

Yellow Pills: What are They Made use of For?

अविलास

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349