eNepal

भक्तपुरको खःमेय् अर्थात् राँगो जात्रा

भक्तपुरः हरेक वर्ष महानवमीका दिन साँझ मनाइने भक्तपुरको प्रसिद्ध खःमेय् अर्थात् राँगो जात्रा सोमबार हुँदैछ ।

धार्मिक एवम् सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने सो जात्रा महिषासुर दैत्यको प्रतीकका रुपमा गठेमङ्गलका दिन राँगोलाई ल्याएर भक्तपुरको नवदुर्गा मन्दिर प्राङ्गणमा बाँधेर राख्ने र सोही राँगोलाई महानवमीका दिन नगरभरि दौडाएर खःमेय् अर्थात् राँगो जात्रा गरिन्छ ।

नेपालभाषामा खःमेय् भनेको निख्खर कालो राँगो हो । सोही निख्खर कालो राँगोलाई दौडाएर गरिने जात्रालाई स्थानीय नेपालभाषामा खःमेय् ब्वाकेगु जात्रा भनिन्छ ।

दौडाउनु अघि राँगोलाई रक्सी खुवाएर मात्न लगाइन्छ ।

मातेको राँगोलाई हुलहुजतकासाथ दौडाएर लगिन्छ । यो क्रममा बाटोभरि हजारौं नगरबासी दुवै छेउमा बसेर जात्रा हेर्ने गर्छन् ।

महिषासुरको प्रतीक खःमेय् नौरथाको नवमी कालरात्रीमा वध गरिन्छ । यसअघि नवमीमा नवदुर्गा द्योछेंबाट नगरभरि राँंगोलाई दौडाई जात्रा गरिन्छ । नगर परिक्रमापछि नगरको पूर्वस्थित ब्रम्हायणीमा लगेर राति राँगो वध गरिन्छ ।

नवमीको राति ब्रम्हायणीमा राँगोको वध गरेपछि भोलिपल्ट विजया दशमीका दिन त्यहाँ ठूलो मेला लाग्छ । मेला भर्न दशौं हजार श्रद्धालु ब्रम्हायणी पुग्छन् । दशमीमा मेला भर्न ब्रम्हायणीमा भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायत छिमेकी जिल्लावासी त्यहाँ पुग्छन् ।

नवदुर्गा मन्दिरकी नकीं कृष्णमाया बनमालाले भित्रिएकी महिषासुररुपी राँगो नवमीसम्म द्योछेंमै पालेर राखिने गरिन्छ । यस वर्ष भक्तपुर नगरपालिका-८ निवासी कृष्णमाया गाइँजूले चढाएकी छन् । तीन छोराहरु न्हुछेराम, कृष्णहरि र कृष्णश्यामको लगानीमा माता कृष्णमायाले ९० हजार रुपैयाँ जाने खःमेय् नवदुर्गालाई चढाएकी हुन् ।

उनीहरुले भक्तपुरकै चाँगुनारायण नगरपालिका–८ सुडालका कृष्ण छुलयाजूले पालेको राँगो खःमेय्का लागि चढाएका हुन् ।

भगवानलाई चढाएपछि पुण्य पाइने भएकाले भाकल गरी भक्तालुले पैसा तिरेर राँंगो चढाइदिने चलन छ । वर्षेनी यसैगरी श्रद्धालु भक्तजनले खःमेय् जात्राका लागि राँगो दिने गरेका छन् । प्रत्येक वर्ष राँगो किनेर नवदुर्गा मन्दिरमा चढाउन प्रतिस्पर्धाजस्तै हुन्छ । यस वर्ष चढाउन पाएका कृष्णमायाले चार वर्ष पालो कुरेपछि पाएका थिए ।

पछिल्लो पाँच वर्ष खःमेय् चढाएका श्रद्धालु भक्तजनको नाम

कृष्णमाया गाइँजू (२०७६)

मधुसुदन अवाल (२०७५)

रामभक्त प्रजापति (२०७४)

राकेश दुवाल (२०७३)

रुद्रशेखर दुमरु (विकास) (२०७२)

आगामी पाँच वर्ष खःमेय् चढाउन प्रतिबद्धता गर्ने श्रद्धालु भक्तजनको नाम

२०७७ सालका लागि भक्तपुर नपा–१२ का विजेन्द्र कर्माचार्य

२०७८ सालका लागि भक्तपुर नपा–३ का लक्ष्मण छुँजू

२०७९ सालका लागि भक्तपुर नपा–१० का पदमबहादुर श्रेष्ठ

२०८० सालका लागि भक्तपुर नपा–७ का रत्नभक्त दुमरु

२०८१ सालका लागि भक्तपुरको सूर्यविनायकका विश्वराम सुवाल

साभार

Related posts

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349