eNepal

बडा दशैंको उपलक्ष्यमा पुर्व राजा ज्ञानेन्द्रले दिए यस्तो सन्देश

प्यारा नेपाली दिदी बहिनी तथा दाजु भाई हरु,

“राष्ट्रीय सांस्कृतिक पर्व” बडा दशैं नेपाली घर आगनमा छाएको छ । विजयादशमीको पावन अवसरमा हामी देश भित्र र देश बाहिर रहे बसेका समस्त नेपालीहरुमा सुख, शान्ति र समृद्धि को लागि शुभकामना व्यक्त गर्दछौं।

राष्ट्रका यावत् विधि विधान, व्यवस्था र बन्दोबस्त सर्व हितकारी हुनुपर्दछ, अनि त्यो सर्वग्राह्य पनि बन्नु पर्दछ । पुर्खाको गाथा, पौरख र सुसंस्कृत सभ्यतालाई भुलेर जान खोज्दा कदापि हाम्रो भलो हुदैन । एकले अरकमाथि दोष थोप्ने, जिम्मेवारी पन्छ्यौने र आ-आफ्नो कमि कमजोरीलाई ढाकछोप गरि, निषेध र विभेदको प्रकृया अपनाउने प्रवृति कुनै पनि अर्थमा राम्रो होइन ।

हाम्रो उद्देश्य हाम्रो देश, हाम्रो पूरै देशको उन्नति बाहेक अरु केहि हुनु हुदैन । भगवानको आशीर्वादले यो देश आफै उत्पीडन र आतंकको नभई, बुद्धि र भाइचाराको स्मारक बन्नु पर्दछ । तर राष्ट्रियता धर्मराएको, शान्ति र अमनचैन हराएको र फेरि पनि विद्रोहको भुसको आगो भित्रभित्रै सल्कदै गएको अवस्थाले कसैको हित हुदैन । त्यस कारण प्रतिकार, प्रतिवाद, दमन र नियन्त्रणको कार्यविधि भन्दा सम्याउने, सुल्झाउने, सच्याउने र आफ्नै राष्ट्रिय आदर्श बमोजिम समझदारीका साथ अघि बढ्ने अटुट् प्रयत्न हुनुपर्दछ। नेपाल हाम्रो हो, हामी नेपाली हौं र नेपालको आफ्नो मौलिकपन नै हाम्रो अस्तित्व हो भन्ने कुरा हामीले बुझ्नैपर्ने हुन्छ ।

श्री नवदूर्गा भवानीले हाम्रा सबै आसुरी र स्वार्थी व्यवहारको विनाश गरी हामीलाई हाम्रो “सनातन सत्य पथ तरफ” अभिप्रेरित गरुन् ।

जय नेपाल। ??

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349