अन्तत: रवि लामिछाने र निकिता पौडेलले गरे कोर्ट म्यारिज, आउँदो बैसाखमा परम्परागत बिवाह गर्दै

Get real time updates directly on you device, subscribe now.

चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले अदालती विवाह गरेका छन्। उनीहरूबीच सोमबार दिउसो काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह सम्पन्न भएको हो।

यसका साथ साथै आफ्नो फेसबुक मार्फत यस्तो जानकारी समेत दिएका छन् –

ब्यक्तीगत जीवनले नयाँ मोड लिएको छ।एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जील्ला आदालतमा बिवाहा दर्ता गरेका छौ।यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबै प्रती जसरी मानसिक यातना नै हुने गरि अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाचो पर्यो। हामी समस्त दर्शक शुभचिन्तक,परिवार इस्टमित्रहरु बाट एउटै मात्र कुरा चाहन्छौ, आशिर्वाद। परम्परागत रुपमा हामी आउदो बैशाखमा  बिवाह गर्ने छौ। यो हाम्रो नितान्त ब्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला। हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ। हामी दुबैजना यो निर्णयबाट एकदमै खुशी छौ। र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि  शुभ कामना मात्र चाहन्छौ।

रवि र निकिता दुबै डिभोर्सी हुन्। रविले केही समयअघि २५ वर्ष लामो वैवाहिक जीवन टुंग्याएका थिए। निकिताको ७ वर्ष पहिले नै डिभोर्स भएको थियो।

रवि केही समयदेखि पत्नीसँगको डिभोर्स र निकितासँगको सम्बन्धका विषयलाई लिएर सोसल मिडियामा ‘हट टपिक’ बनेका थिए।

Get real time updates directly on you device, subscribe now.

Comments are closed.