मोःमो जत्तिको अपडेटेड भर्सन पनि बन्न सकेनौ।

Get real time updates directly on you device, subscribe now.

यो लेखको उद्धेश्य पाठकलाई पढिन्जेल रमाईलो अनुभुती होस् भन्नेनै हो। मो:मो सबैको लोकप्रीय खाजा।मो:मो जस्तो बन्न सक्यौ भनेनि धेरै फाईदा हुन्छ त्यसैले हामी पनि अपडेटड हुँदै जाउँ भन्ने हेतुले लेखेको लेख। लेखलाई रमाईलो व्यङ्ग्यको रुपमा पढेर प्रतिक्रिया दिनु होला। 

मोःमो गजबको नाम। सुन्दै मुख रसाउने। जिब्रो मुनीबाट ह्वार्र पानी आउने। सात कोष पर पाक्दै छ भने पनि अघी मुख माथिको नाकलाई थाहा भई हाल्छ। न लाम्चो नाक भन्छ न थेप्चो नै। न जुङ्गाले डिस्टर्ब गर्ने न दाँतले नै। न उमेरले छेक्ने न बुढ्यौलीले रोक्ने। दाँत भकालाई त ठिक छँदै छ नभएकालाई पनि नो ओरिज। न चपाएर खान पर्ने न छानेर चपाउनै पर्ने। जति कोसीस गरे पनि मो:मो जतिको अपडेटेड अहँ कहिलै बन्न सकिन।

लौ हेर्नुहोस् त जेसँग नि मिलेकै छ। रिसले झोलमा डुवाउ केही भन्दैन। तेलमा डाम अहँ चुपचाप सहिदिन्छ। १५० डिग्रीको ओभनमा हाल्देउ चुपचाप झन् लाललाल भएर लोभलाग्दो भएर निस्किन्छे। टोमेटो केचअपमा चोप बश किच्च हाँस्छे। हरियो खुर्सानीको लेपमा चोप नतमस्तक भएर सहि दिन्छ। भोकको तालमा चिसै हसुरि देउ केही भन्दिन। रिसको झोकमा नङ्गाएर गुदी मात्र खाईदेउ अहँ अँ बाट तँ पनि भन्दिन।कति सहनसिल छे मो:मो तर म भने जाबो मो:मो जतिको पनि असल पनि बन्नै सकिन।

न बाहुन भन्छे, न क्षेत्री न यो जात भन्छे न त्यो जात। झन् सबैले मन पराएको देखेर आफै दङ्ग पर्छे। जे आउँछ मज्जाले पचाई दिन्छे। बफसँग नि वो के छ, पोर्कसँग नि वोके, चिकन त सबैको फेवरेटनै भयो, पनिर हाल्दे नि किच्च बार्ह मुजा परेर हाँसेकी छ। बन्दासँग नि मिले कि छ। प्याजसँग त झन् झुहारी बढो गजबको छ।खुसी त झन् तब हुन्छे जब बाहुनले मुख खोली बफ मो:मो दबाएको छ। न रोक्ने दुश्प्रयास गर्छे न रोक्न कुनै किल्लाकात नै ठोक्छे। जे आउँछ मज्जाले हाँसेर पचाएकी छ।

खेल्न जाउँ चउरमा बट्टामा हालेर उसैलाई दबाउँछन्। पाटी भत्तेरमा जाउँ उसैलाई अगाडी सारेका छन्। टपरीमा हालेर सिन्काले घोच्छन सहिदिएकी छ, नाङ्लो जत्रो थालमा हालेर नचाउँछन् नाची दिएकी छ। ठेलामा गुडाउँछन् गुड्दिएकी छ, पाँच तारेमा उसैको नाम छ सिर्ष स्थानमा गमक्क परेर दुनियाँलाई हेरि दिएकी छ।घरी घरी त झनक्क रिस पनि उठ्छ जब पेट आउन थाल्छ अनि बिचमा चिरेर दुई भाग लगाएर नाटक गर्छन् र पनि चुपचाप सहेर मुखमा गई दिन्छे। तर म भने मो:मो जत्तिको हुन सकिन।

भाँडो भरि रहिन्जेल कोची कोची हाल्दा नि भएकै छ। सकिए पछि बन्दा अनि प्याजसँग नि अटाएकै छे। ठुस्स परेर न अलगीन सकेकी छ। न अर्को भाँडोमा जान्छु भनेर आमहड्ताल गरेकी छ। न चिकेन मात्र है भनेर मान खोज्छे उस्तै परे खुवासँग नि अटाएकी छ। न हिमालका भोटे तिमीहरु भन्छे, न पहाडे ठिटाहरु भन्छे न तराईका मधेसी भन्छे जस्तासँग नि अटाएकी छ। सबैको भुडी भरेकी छ। सधै जसो दशवटाको समुहमा बसेकी छ। उस्तै परे जम्बो टोलीमा सजाएकी छ। अहँ म भने जाबो मो:मो जस्तो मिलेर बस्न पनि सकिन।

 तारेर, मुख च्यातेर, डामेर, उसिनेर अनि डुवाएर फ्राईड, कोथे, ओपन अनि झोलको नाम दिएर दबाउदाँ नि कुनै परवाह छैन। सात मुजाले हुने ठाउँमा बत्तिस मुजा पार्न थाले, लाम्चो, थेप्चो, मुख च्यातिएको डल्ला बनाउँन थाले। चिल्ली, पनिर, खुवा, माछा, प्राउन, केरा केही बाँकी रहेन। कसरी खुसी हुन्छन् उसै गरि परिमार्जित गर्दै गए।उ चुपताप हेर्दै गई। आफुलाई अपडेटेड भर्सनमा ढाल्दै गई। तर हामी भने अहँ अपडेट हुन खोज्दापनि हुन सकेनौ।

Get real time updates directly on you device, subscribe now.

Comments are closed.