PUBG को नसाले डस्दै छ युवालाई, सँगैका साथीसँग नि बोलचाल छैन

Get real time updates directly on you device, subscribe now.

PUBG यानिकी ‘प्लेयर अननोन ब्याटलग्राउण्ड’को प्रभाव युवा बर्गमा यसरी परेको छ कि उ चाहेर पनि यसबाट उनीहरु बाहिर आउन सकेका छैनन्। यसले युवा बर्गमा फेसबुक लगाएत अन्य सामाजिक सन्जाल भन्दा पनि डरलाग्दो तरिकाले फस्दै डस्दै गएका छन्।

सुधिन नाम परिबर्तन यसको लतमा यसरी फसेको छ कि यसबाट उन्मुक्त हुन खोज्दा खोज्दै पनि चाहि रहेको छ। राती अबेर सम्म खेल्ने लतले बिहान समयमा उठ्न नसक्दा कामनै चैट भएको छ। बोल्दा पनि नबोल्ने, एकोहोरो भएर टोल्याउने स्वभावले उसका साथीहरूनै आत्तिन थालेका छन्। सँगैका रुम पाट्नरहरु पनि सँगै नबस्ने मनसायमा पुगेका छन्। कारण एउटै छ रातभरी बोलेर खेलिने खेलले अरुलाई डिस्टर्ब भएको छ।

रिता नाम परिवर्तन साँझ क्लिनीङको काम गर्छिन्। उनी पनि यति क्रेजी भईन् कि यो खेलमा। कति चोटी ट्रेन छुटेर एक घण्टा ढिला काममा पुगेकी छिन्। उनलाई काम भन्दा पनि मोबाईल चार्ज गर्नको चटारो हुन्छ। एकदिन चार्जर लैजान बिर्सेकी र मोबाईल पनि चार्ज नभएकै कारण उनी रिसले कसैसँग नबोल्दा सबैले PUBG क्विन भनेर चिन्ने गरेको रहेछ।

एकजना चिनेको भाईको घरबाट फोन आयो। बाबु किन अचेल सानेले फोन गर्न कम गरेको छ भन्दै आमाले फोन गरिन्। फोन गर्दा नि उठाँदैन। के भाको त्यसलाई बुझ्दे है भन्दै गुनासो गर्न लाग्नु भयो।अकस्मात एकदिन सिटीमा भेट भयो। कानमा बुजो हालेको थियो। के छ भाई भनेर सोध्छु। नसुन्या जस्तै गर्छ। एकहोरो एक्लै बौरिदै मोबाईल खेलाई रहन्छ। मैले बुझि हाले PUBG को नसामा रहेछ। अनि मैले सोझै आमालाई भन्दे भाई अहिले ड्रग्स भन्दा घातक एउटा खेलको नसामा रहेछ जसले भोक सोख,घर परिवार सबै बिर्साउने रहेछ। अब खै त्यसबाट छुट्कारा कहिले पाउँछ समयले बताउँछ।आमा अत्तालिदै सम्झाईदे है बाबु भन्दै गुनासो गर्दै थिईन्। दुध खाने बच्चा हो र सम्झाउनलाई भन्दै फोन राखी दिए।

ट्रेनमा एक हुल नेपाली चडे। शान्त रहेको ट्रेनमा एकाएक होहल्ला शुरु भयो। चर्चा थियो त्यहि PUBG को। साथीहरु यति सम्म क्रेजी रहेछन् कि एपबाट हतियार किनेर समेत खेल्न पर्ने रहेछ। पैसा यति सकियो लेखाजोखा छैन रे भने पछि PUBG त जुवातासको लत भन्दा बढि भएको प्रस्ट भयो।

रोसनीको परिवार नाम परिबर्तन दुबै यस खेलका क्रेजी। सँगै बस्दा त एउटा सोफामा लडेर अनि अर्को ओच्छ्यानमा पल्टेर खेल्छन् नै काममा जाँदा होस् या काँही बाहिर जाँदा पनि दुई छुट्टै ध्रुबसा बसेर त्यहि खेलमा लिप्त हुन्छन्। उनीहरुसँग घरयासी गफ गर्ने समेत फुर्सद छैन् अरु त के कुरो गरि साध्य।

भारतको नेसनल हेल्थ एण्ड न्यूरो साइन्सको प्रतिवेदनले यस खेलले पारेका समस्याबारे १ सय २० भन्दा बढी समस्या दर्ता भएको जनाएको छ । रिपोर्टमा यो खेल खेल्नेहरुको मानसिक अवस्था बिग्रेको पाइएको छ । उनीहरुको तथ्याङ्कका अनुसार ६ वर्षका बालक देखि ३२ वर्षीया युवाहरुले यो खेल खेल्ने गरेका छन् ।

यस खेलको बढ्दै गरेको लतका कारण पनि युवाहरुमा मानसिकसम्बन्धी विभिन्न समस्या देखिन थालेका छन् । पबजी खेलका कारण हुने सामान्य समस्या यसप्रकार छन् :

निद्रामा कमी तथा निन्द्रा सम्बन्धी विभिन्न समस्या

विद्यालय तथा क्याम्पसमा अनुपस्थिति बढ्नु

अनावश्यक कुरामा पनि रिस उठ्नु

सामान्य कुरामा पनि झर्किनु, साथीभाइ तथा घरपरिवारका सदस्यसँग असमान्य व्यवहार देखाउनु । (साभार)

खेल्नु रमाईलो गर्नु त छँदैछ। एकबारको जिवन मन लागेको कुरा गर्न कसैले रोक्दैन। खेल्ने भन्दैमा आफ्नै जिवनशैलीलाई असर हुने गरि खेल्नु चाँही ठिक पक्कै होईन्। घरपरिवार साथीसङ्गीलाई समेत ख्याल नराखी एकहोरो यसैमा लिप्त हुनु भने ज्यादै नराम्रो हो। बेलैमा साबधानी नअप्नाए भिरमा जाने गोरुलाई राम राम भन्न सकिन्छ काँध हाल्न सकिदैन भने जस्तै हुन्छ। चेतना भएस्। 

Get real time updates directly on you device, subscribe now.

Comments are closed.