भक्ते भक्ते भक्ते हैन के रहेछ भक्ते

Get real time updates directly on you device, subscribe now.

भक्ते हाम्रै समाजमा धमिलीएको बेथिती र बिसङ्गतीको पराकाष्ठाको गतिलो झापड हो। समाजको असली रुप हो भक्ते अनि समाजमा गरिने अनेकन चौकादाउको एक हिस्सा हो भक्ते। सुन्दा लाग्छ यो गीत हो कि के, तर बुझ्दा वा हेर्दा लाग्छ गीतले समाज भित्रका कथालाई मज्जाले चित्रण गरेको छ। 

घर घरमा रहेको बेरोजगारको कथा हो भक्ते, धार्मीक चलेखेलको तिखो बाण हो भक्ते अनि हाम्रो शैक्षिक स्थिती भित्रको उदाङ्गो नाँच हो असली हैषियत हो भक्ते। 

हो यहि भक्ति क्यारेक्टरबाट हाम्रो समाजको एक पाटो जसले समाजलाई धमिल्याएको छ यसलाई देखाउने प्रयास गरेका छन् मेल्बोर्न निवासी अच्युत खनालले। अनोमली बिट्सको म्युजिकमा मिस्टा ब्लिङ्कको मिक्सिङ र मास्टरिङ रहेको भक्तेको सम्पादन एस् डिजाईनले गरेको छ। बाबा प्रोडक्सन र एसडिजाईनको क्यामरा रहेको छ भने ड्रोन चलाएका छन् निरजले। भक्तेलाई सर्बदा मैनालीले लेखेका हुन्। बुझाई र भोगाई दुई फरक पाटा हुन् कसले कसरी जिवनलाई बुझ्छ अनि भोग्छ त्यहि गीतको मुख्य सार रहेको छ।झट्ट सुन्दा नबुझे पनि लय केही पृथक भएपनि गीत सुन्दै जाँदा यसको पक्कै मन छुने कथा बोकेको छ।

एसडिजाईनले गरेको यो पहिलो पोस्ट प्रोडक्सन हो। बिगत धेरै बर्ष देखि बिभीन्न फोटो सुट र डिजाईनमा अव्वल मानिएको एसडिजाईनको यो पहिलो प्रयास हो।एसडिजाईनले आगामी दिनमा भिडीयो प्रोडक्सनका अन्य प्रोजेक्टहरुले लिएर आउँदैछ। यस्तो छ भक्तेको भिडीयो

Get real time updates directly on you device, subscribe now.

Comments are closed.