eNepal

कुल आचार्यको निवासमा किन भयो आक्रमण ?

गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यको घरमा बुधवार राती आक्रमण भएको छ । उनी सुत्ने कोठामा आक्रमण हुँदा झ्यालको शिशा फुटेको छ । आचार्यको सानेपास्थित निवासमा उनी नभएको समयमा अज्ञात व्यक्तिहरुले आक्रमण गरेका हुन् । आचार्यकी ८६ बर्षिय आमा मात्र घरमा रहेको बेला आक्रमण भएको थियो । घटनाको जानकारी पाएलगत्तै उनले प्रहरीलाई खबर गरेका थिए ।

जानकारी पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । अपराध अनुसन्धानका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले प्रारम्भिक अनुसन्धान सुरु गरिएको बताए । आचार्यको घरमा गोली प्रहारलगायत अन्य शंकास्पद आक्रमण के हो भन्ने सबै कोणबाट अनुसन्धान सुरु गरिएको पाण्डेले बताए । उनले भने, ‘आचार्य सुत्ने कोठामा भएको आक्रमण गोलीबाटै भएको जस्तो देखिँदैन । यद्यपी यसलाई गम्भीरतापूर्वक लिएर हामीले अनुसन्धान जारी राखेका छौं ।’

कसैलाई शंका गर्ने आधार नभए पनि एनआरएनको चुनावमा अध्यक्षका प्रत्यासी आचार्यलाई लक्षित गरी आक्रमण भएको हुन सक्ने परिवारले आशंका गरेको छ ।

Related posts

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349