अस्ट्रेलीया आउँदै हुनुहुन्छ, कसैको भरमा परेर नआउनु होस्

Get real time updates directly on you device, subscribe now.

अरे यार त्यत्रो ठुलो निर्णय गर्दैछौ। घरपरिवार साथीभाई सबै छोडेर बिदेश पलाएन हुने आँटनै गरे पछि किन रोई कराई गर्छौ बिदेशमा कसैले हेरेन भनेर। आफ्नो खुट्टामा उभिने आँट गरेर परदेश लागे पछि फलानोले हेरेन ढिस्कानाले हेरेन भनेर रोई कराई गर्नु खासै मनासिव नहोला।

एक त बिदेश हरेक पाईला पिच्छे खर्च हुन्छ। खर्चको जोहो गर्न हरेकलाई आफ्नै टड्कारो हुन्छ। एक हप्ता काममा गईएन भने अर्को महिनाको घर भाडा वा मोर्गेज, रासन कसरि किन्ने त्यता चिन्ता हुन्छ। जति पुरानो हुँदै गयो त्यति व्यबहारले झेल्दै जान्छ। दश बर्ष अगाडी आएका मानिसको त्यहि अनुरुप समस्याहरु पनि चुलिदै जान्छ। तिनै समस्यालाई टाल्न त गार्हो भएको बेला अव अर्को समस्यालाई ओत लगाउन पक्कै चहादैनन्। 

भलै दुई चारदिनको सहानुभुती, रेखदेख, सल्लाह र सुझाव दिन भने सक्छन् तर सर्वेसर्वा गर्छन। के के ने गर्छन् भन्ने आश चाँहि त्यतै एयरपोर्ट तिरै मिल्काएर आए राम्रो हुन्छ नत्र आएर सोचे बिपरीत पाईयो भने कुरा काट्ने बाटो मात्र हुन्छ। यहाँ आएर पनि बाल दिएनन् मेरो फलानो थियो ढिस्काना थियो भनेर गुनासो गर्नु भन्द बरु तिनले यसो गर भनेर अर्तीमात्र दिए भने त्यहि ठुलो हुन्छ। 

भनिन्छ नि आश गर्नु तर भर नपर्नु, हो ठ्याक्कै यहि आत्मासाथ गरेर आउँदा हुन्छ अस्ट्रेलीया। पुर्ण रुपमा भर नपरेकै बेश। किन कि मेरो फलानो छ भनेर सित्तैमा राख्ने पक्कै होईन होला।  पर्दैन बाबु हामी छौ काम गर्नु पर्दैन भनेर सायद कसैले भन्लान्।  एकदुई हप्ता लौ त आफ्नै हो भनेर यसो लिभीङ रुमको कुनामा बस्न मिल्ला  तर सधै भने त्यो असम्भवनै छ। काम भनेको चिने जानेकालाई लौ है मेरो फलानो आएको छ यसो कतै खाली ठाउँ छ भने भन्देउ है भनेर खवर गर्ने हो। अव कतिले चासो देलान कतिले हुन्छ भन्छन् त्यसै टार्छन्। फेरी यो कुरा पनि बुझ्न पर्यो कि ति दाई या दिदी या काका वा मामाको न कुनै आफ्नै कम्पनी छ न त नेपालमा जस्तो भनसुननै चल्छ। बिचरा तिनै दाईको त कामको भर नहोला कति खेर स्याक हान्दिने अतोपत्तो हुँदैन। कताबाट लाउन् काम।

त्यसैले यो ठाउँमा गर्ने सबै आफैले हो। आफ्नै बलबुतो प्रयोग गर्ने हो। साहुलाई आफैले रिझाउने हो। दाई सेफ छन् भन्दैमा दुई घण्टामा सकिने कामलाई अल्याङटल्याङ गर्दै चार घण्टा लगायो भने साहुले त दाईको भाई भन्दैन उत्तिखेरै लात हान्छ। त्यस्ता काम गर्नेको सैयौ रेजुमे अगाडी रिसेप्सनमा खात लागेर बसेको हुन्छ। काला गए गोरा आउँछन। साहुलाई कामसँग मत्लब हुन्छ नातागोतासँग होईन। 

त्यसैले आत्मबल ठुलो र फराकिलो बनाएर अस्ट्रेलीया छिरौ। परेको खण्डमा जस्तो काम 

पनि गर्छु भने मानसिकता बनाएर आउँ। दु:ख गर्नेलाई सुन फलाउने ठाउँ हो यो भने दु:ख नगर्नेलाई बा आमाको ऋृण माथि थप बोज दिलाउने ठाउँ हो। जे गर्छु आफ्नो बल बुद्धी र बिवेकले गर्छु भनेर आउनु होस् दुःख पक्कै पाईदैन। 

Get real time updates directly on you device, subscribe now.

Comments are closed.