eNepal

बाबुमाथि बलात्कार आरोप लागेपछि महराका छोराले दिए यस्तो बिज्ञप्ती

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयकै एक कर्मचारीमाथि यौन दुर्व्यवहार दुर्व्यवहार गरेको आरोप लागेपछि विभिन्न टीकाटिप्पणी आउने क्रम जारी छ ।

सोमबारमात्रै आफूमाथि सभामुख महराले घरमै मदिरा लिएर आई आफूलाई समेत खुवाएर यौन दुर्व्यवहार गरेको बयान दिएपछि मंगलबार नै उनले पदबाट राजीनामा दिइसकेका छन् ।

महराले राजीनामा दिएलगत्तै ती महिलाले बयान फेरेर आफ्नो घरमा सभामुख महरा नआएको र आफूमाथि महराले कुनै दुर्व्यवहार नगरेको बयान दिएकी छन् । त्यसपछि महरा र आरोप लगाउने महिला रोशनी शाही दुवैको आलोचना सुरु भएको छ ।

कतिपयले ‘हाइ प्रोफाइल’ यौन काण्ड’ लाई चलखेल गरी सामसुम पार्न खोजिएको टिप्पणी गरेका छन् भने कतिपयले महिलाको बयानमाथि नै गम्भीर प्रश्न उठाएका छन् ।

महिलाले महरा आफ्ना बाबु समान भएको भन्दै त्यस्तो कल्पनासमेत गर्न नसकिने बताएकी छन् । निवर्तमान सभामुख महरामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सत्तारुढ नेकपाभित्रै दुई धार देखिएको छ । कतिपयले महराप्रति नरम दृष्टिकोण राखेको पाइएको छ भने कतिपयले महरालाई सभामुख र सांसद दुवै पदबाट हटाउनुपर्ने बताएका छन् ।

यसै सन्दर्भमा लामो समयदेखि पार्टीमा नै क्रियाशील रहेका उनका छोरा निर्मल महराले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नयाँ बाटोमा जानुपर्ने भन्दै सत्तारुढ नेकपाभन्दा अलग बाटो पनि हुनसक्ने संकेत गरेका छन् ।

उनले समयले नयाँ बाटो पकड भन्ने सन्देश दिएको उल्लेख गरेका महरापुत्र निर्मलले नयाँ बाटो भनेको के हो भन्ने चाँहि स्पष्ट पारेका छैनन् । राजनीतिमा जनताको पक्षमा पक्षमा अपुर्व त्याग गरेको उल्लेख गर्दै उनले अकल्पनीय परिस्थितिको सामना पनि यही राजनीतिमा खेप्न्नु परेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘यो राजनीति भित्रको खेल रहेछ, आज व्यक्ति हैन, आस्था र बिचारको धरोहर सम्झेर महरा सरको चिन्ता गर्ने, सामाजिक संजालमा दृढतापुर्वक लड्ने, फोन खबरमा सम्झिने, पार्टी संगठ्नद्वारा चिन्ता व्यक्त गर्ने र मिडिया मार्फत सहयोग पुर्‍याई षड्यन्त्रको भन्डाफोर गर्न सहयोग पुर्‍याउने सञ्चारकर्मी, नेता, कार्यकर्ता, युवा, विद्यार्थी, विपक्षी दलका मित्रहरु चिन्ने मौका मिलेको छ । असली मित्र चिन्ने ठूलो मौका पनि मिलेको छ ।’

उनले सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै बुख्याचाहरु खडा गरि क्रान्तिकारी नेताहरुको इतिहास समाप्त पार्ने विदेशी शक्ति र नेपाली दलालहरुको चलखेल देखिएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘यसले राजनीतिमा अझ क्रान्तिकारी बन्न सबक दिएको छ । शिक्षा लिएर जनताको पक्षमा अगाडि बढ्ने प्रेरणा मिलेको छ । समयले नयाँ बाटो पकड भन्ने सन्देश दिएको छ, क्रान्तीकारीहरुसँग फेरि भेट हुने छ ।’

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349