होबार्टमा नेपाल आईडल १७ फेब्रुअरीमा हुँदै

Get real time updates directly on you device, subscribe now.

अन्तरास्ट्रिय स्तरको पहिलो रियालिटी शो नेपाल आईडल सिजन दुईका उत्कृष्ट छ प्रतियोगी आगामी १७ फेब्रुअरीमा आयोजना हुने नेपाल आईडल बिशेष कार्यक्रममा होबार्ट आउने भएका छन्। यस कार्यक्रमलाई एक्सप्लोर ईभेन्ट्सले होबार्टमा आयोजना गर्न लागेको हो। यस कार्यक्रमलाई सबैकी लोकप्रीय होस्ट रिमा विस्वकर्माले सँचालन गर्दैछिन्।

२७ जनवरीमा पर्थबाट शुरुवात हुने यस कार्यक्रम ब्रिसबेनमा २९ जनवरी, एडिलेडमा १ फेब्रुअरी, मेलबर्नमा ३ फेब्रुअरी, सिड्नीमा ८ फेब्रुअरी, क्यानबेरामा ९ फेब्रुअरी र तास्मेनियामा १७ फेब्रुअरीका दिन आयोजना हुने तय भएको छ भने नेपाल आईडल २ टुरको ब्यबस्थापन एमटी ८८४८ इभेन्ट्स ब्रिसबेनले गरेको छ।

Get real time updates directly on you device, subscribe now.

Comments are closed.