eNepal

अस्ट्रेलीयन प्रेमकथा: सके सम्म लङ डिस्टेन्स रिलेसनसीपमा नबसेकै राम्रो

आजकालको जमानामा रिलेसनमा नबस्ने को नै बकम्फुसे होला र।फलानोको फलानोसँग क्रस छ भन्दा मननै फुरुङ्ग हुन्थ्यो।लौन प्रभु मलाईपनि एउटी जुराई देउ भनेर भगवानलाई के पुकारेको थिए।भगवानले नि फ्याट्ट मेरो पुकार सुनेछन् क्यारे।एउटी केटी मिलाई दिई हाले।

अलिक लजालु स्वभावको म।खासै साथी बनाउन अग्रसर भई हाल्दिन थिए।साथीहरु मस्त गलफ्रेन्डसँग गफिरहँदा आफु भने शुन्य जस्तो महसुस कता कता नभएको होईन।केटाहरुले मिलाई दिउँ कि आफै खोज्छस् भनेर जिस्काउँदा दिन आए पछि आफै जुर्छ केटा हो भनेर ठुलो स्वरमा खुब सानका साथ जवाफ दिन्थे।शान्त स्वभावले पनि हुन सक्छ केटाहरुले उडाउँथे तर म कति पनि बाल दिदैन थिए।

नभन्दै स्कुलबाट के कलेज हाम फालीएको थियो।एकजनासँग मायाँ बस्यो।मेरो लागि कलेजनै कुर्न पर्यो तर मेरा साथीहरु स्कुलमा यो मायाँ प्रेमको मामलामा निकै अगाडी पुगी सकेका थिए।यानिकी एकदुई जनासँग अफिएर चलि सकेर निकै पोख्त र पारङ्गत थिए।

हुन त पारिबारीक पृस्ठभुमीले पनि असर पार्छ होला।म घरको जेठो छोरो भईकन ममाथि जिन्मेवारी पनि कताकता बाआमाले थमाई दिएको भएर पनि होला।भाईबहिनीहरुलाई रेखदेख गर्ने देखि घरको प्राय घरायसीकाम आफैले गर्न परेको भएरपनि होला।त्यो अल्लारे बल्लारे उमेरमा आउने उच्छृङ्कलता त्यति ममा देखिएन होला।शायद साथीहरुको सङ्गतमा परेर बरालिन चाहेको भए बरालिन्थे होला।साथीहरुले जस्तो फेरी फेरी गर्लफ्रेन्ड बनाएर बाईकको पछाडी राखेर कलेज बङ्क गर्दै कहिले बङ्कर्स पाटी अनि कहिले कताको पार्क अनि कहिले कुन नदीको किनारमा मस्त रमाउँथे होला तर मेरो घरले अनि पारिबारीक कारण र अभिवाभकले दिएको जिम्मेवारीले त्यस्तो गर्न कदापी दिएन।फेरी म त्यस्तो केटी साथी बनाउने अनि छोड्दिने कली युगको कृष्णको जस्तो बेहोरा देखाउन चहान्न थिए।केटीलाई मनैबाट सम्मानका साथ हेर्थे।

दिन बित्दै जाँदा हाम्रो मायाँपनि मौलाउँदै गयो।साथीहरुले बल्ल मर्द जस्तो देखिस् भन्थे।कस्तो जमाना आयो गर्ल फ्रेन्ड बनाउन सकिएन भने नामर्दको सङ्ज्ञा पाईने रहेछ।त्यहि बेला बुझे।कलेजको रफ्तारसँगै हाम्रो मायाँले पनि १४० को स्पिडको रफ्तार लिदै गयो।घुम्दै फिर्दै,हाँस्दै गर्दा १२ सकिएको पत्तै भएन।

देशको स्थिती अनि मेरो भविस्य प्रती बा आमाको चिन्ताले गर्दा मलाई पनि बिदेश जाने भुत चल्यो।२०-२५ लाख कस्को पो घरमा हुन्छ र।त्यो पनि हामी जस्तो निम्न बर्गीय परिवारको।ऋृण माग्दा जिब्रो लुकाउँथे आफन्त भनौदाहरु।हार गुहार गरेर जसोतसो बाआमाले पैसो जुटाएर मलाई अस्ट्रेलीया पठाउने निर्णय गर्नु भयो।मैले पनि नकार्न सकिन।बिस्तारै झाङ्गीदै गरेको मायाँलुलाई छोड्न पर्दाको पिडा गार्हो भई रहेको थियो।

त्यस पछि फर्सी फुल्या जस्तो भारी मन गरेर अस्ट्रेलीया आई पुगीयो।त्यस पछि फोन,च्याट, भिडीयो च्याट।केहीदिन त रमाईलो थियो।काम शुरु भई सकेको थिएन।यताउता गर्यो उसैसँग च्याट त्यो पनि घन्टौ घन्टौ सम्म।

नेपालबाट ल्याएको पैसाले कति दिन पो पुग्थियो।काम खोज्न थालीयो।काम पनि पाई हालियो।अनि क्रमैसँग कुराकानी कम हुँदै गयो। बिस्तारै कलेज शुरु भयो।कलेज काम मिलाउँदा मिलाउँदै उसका फोनकलहरु मिसकलमा बस्न थाले।अफलाईन म्यासेजका ओईरो हुन्थे।कहिले छुट्टी होला र धित मरुन्जेल कुरा गरौ भन्यो छुट्टीको दिनपनि कामबाट बोलाई दिन्थ्यो।मुर्मुरीदै काममा जान्थे मुखको माडको कुरो थियो।

अनि बिस्तारै तनाबका बादलहरु मडारिन थाले।कलेजको फीको जोह गर्ने कि घरको ऋृणपो घटाउनेकी।उसलाई पो सम्झाउने की।जिन्दगीमा आई लागेका झमेलाहरु चैतको खडेरी जस्तो दनदनी बली रहेको थियो, एकप्रकारको मनमा ज्वारभाटानै पड्कि सकेको थियो।

बरु बाआमालाई राजी गराएर डिपेन्डेन्टमा ल्याएको भए यति धेरै तनाब त झेल्नु पर्ने रहेनछ।आर्थीक स्थिती पनि सवलनै हुने रहेछ दुबै जनाले काम गरे पछि।उसले पनि बिदेशको बास्तबिकता बुझ्ने थिई।

एकअर्कामा सहयोग पनि मिल्ने रहेछ।कसरी कलेज, काम अनि घरपरिवारको ब्यबस्थापन गरेको रहेछ भोग्ने थिईन्।के गर्नु फोनबाट जति घोक्रो फुल्याए पनि टाडा भएपछि बुझाउन गार्हो रहेछ।आँखा अगाडी हुँदा त कतिपय कुरा बिस्वास नगर्ने यो मायाँको भुमरीमा सात समुन्द्र पारीबाट जति फलाके पनि अन्त्यमा जोगीको पारा हुने रहेछ।

म त भन्छु यदि साच्चैको चोखो मायाँ छ भने लङ डिस्टेन्समा बस्दै नबस्नु होस्।बरु सँगै ल्याएर यहाँको यथार्थसँग जोहोरी खेल्न सिकाउनु होस्।मरी मरी काम गरेर कलेज फी तिर्न पर्दाको पिडा भोगाउनु होस्।कामबाट थाकेर खान त परै जावस् बोल्न पनि नलागेको क्षणहरु उसैलाई अनुभव गर्न दिलाउनु होस्।अनि बल्ल दुबैले बास्तबिक जिन्दगीलाई बुझि सकेको हुईनेछ र पढाई पछिको जिन्दगी फिलीली हुनेछ।सबै दु:ख जति आफु गरेर, खाई न पाई गरेर साहु घरपरिवार अनि कलेजको किचकिच,दुई घण्टापनि राम्रोसँग नसुतीकन पिआर हात पारेर पिआरवाली बनाएर कदापी नल्याउनु होस्।भोग्न दिनु होस् जिन्दगीको बास्तविक यथार्थ।कति गार्हो रहेछ त्यो पिआर पाउन देखाउनु होस्।नत्र भने पिआरवाली बनाएर एक्कै चोटी ल्याउँदा फुरुक्क परेर टाउकामा टेक्न कति बेरपनि लाग्दैन।त्यसबेला आफ्नो बिगतलाई सम्झेर धिक्कार्नु भन्दा बरु बेलैमा दिमागमा बत्ती बालेर अलार्मको तालमा खान,हिड्न,उठ्न अनि सुत्न सिकाउनु होस्।यसो गरे एकअर्का बिच सम्मान सदैव रहनेछ।मायाँ प्रेम सदैव एकनासको हुनेछ।

लेखक: मनोज पौड्याल

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349