eNepal

अस्ट्रेलियाको सपनासंग ७ महिनाअघि उडेकी मुना खत्री इन्डोनेसियामा नरकीय जीवन बिताउन बाध्य

थोरै पैसामा सुरक्षित र छोटो समयमै समुद्री तथा स्थलमार्ग हुँदै अस्ट्रेलिया पुगिने सपना देखाएर सात महिनाअघि इन्डोनेसिया लगिएकी बेनी नगरपालिका-९ तोरीपानीकी मुना खत्री इन्डोनेसियामा नारकीय जीवन बिताउन बाध्य भइन्।

ऋण काढेर अघिल्लो कात्तिकमा मानव तस्करमार्फत नेपालबाट भारत हुँदै इन्डोनेसिया पुगेका खत्रीसँगै ६ जनालाई अस्ट्रेलिया पुर्याउनुको साटो एक अपार्टमेन्टमा बन्धक बनाइयो। इन्डोनेसियामा बन्धक बनाइएका उनीहरूले शारीरिक र मानसिक यातनासमेत बेहोर्नुपर्यो। मानव तस्करका दलालहरूले चर्को यातना दिएर उनीहरूलाई अस्ट्रेलियाको बोर्डरमा पुगेको भन्दै घरबाट थप पैसा मगाउन दबाब दिन थाले।

घरबाट पैसा मगाउन नसकेपछि दलाले उनीहरूलाई इन्डोनेसिया अध्यागमनको जिम्मा लगाए। दलालकै इसारामा प्रहरीलेसमेत कुटपिट गरेपछि हिरासतभित्रै बिरामी भएकी खत्रीले म्याग्दीका चन्द्रकुमार केसीलाई उद्धारका लागि अपिल गरिन्। सात महिना लामो कानुनी प्रक्रिया पूरा गरी उनीहरू हालै नेपाल फर्किएपछि यो विषय बाहिर आएको हो।

‘मिठा-मिठा सपना देखाएर अवैध तरिकाबाट अस्ट्रेलिया लैजाने नयाँ रूट इन्डोनेसिया बनेको छ। यसरी इन्डोनेसिया पुर्याइएका धेरै नेपाली मानव तस्करको जालोमा फसेका छन्,’ उद्धारपछि बेनी आएकी खत्रीले भनिन्, ‘इन्डोनेसिया पुर्याएपछि बन्धक बनाई पैसा असुल्ने गिरोह नै छ। ईश्वरका कृपाले, अन्तिम समयमा एउटा मोबाइलबाट हामीले नयाँ जीवन पायौं।’ याे खबर आजकाे नागरिक दैनिकमा छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349