नेपाल आईडल- २ का उत्कृष्ट छ प्रतियोगी मेल्बोर्न आउँदै

Get real time updates directly on you device, subscribe now.

नेपाली रियालिटी शोहरुमा छलाङ् मार्दै लाखौ नेपालीको मनमा बस्न सफल भएको अन्तरास्ट्रिय स्तरको पहिलो रियालिटी शो नेपाल आईडल सिजन दुईका उत्कृष्ट छ प्रतियोगी आगामी ३ फेब्रुअरीमा आयोजना हुने नेपाल आईडल बिशेष कार्यक्रममा  मेल्बोर्ने आउने भएका छन्। यस कार्यक्रमलाई स्मार्ट एक्सिस् एण्ड ईन्टर्टेन् अस्ट्रेलीयाले मेल्बोर्नमा आयोजना गर्न लागेको हो। अर्ली बर्ड टिकट सोल्ड आउट भई सकेको यस कार्यक्रमको प्रि सेल टिकट $२५ र डोर सेल $३५ राखिएको छ। मेल्बोर्नको बिलबोर्ड द भेन्युमा आयोजना हुने यस कार्यक्रमलाई सबैकी लोकप्रीय होस्ट रिमा विस्वकर्माले सँचालन गर्दैछिन्।

२७ जनवरीमा पर्थबाट शुरुवात हुने यस कार्यक्रम ब्रिसबेनमा २९ जनवरी, एडिलेडमा १ फेब्रुअरी, मेलबर्नमा ३ फेब्रुअरी, सिड्नीमा ८ फेब्रुअरी, क्यानबेरामा ९ फेब्रुअरी र तास्मेनियामा १७ फेब्रुअरीका दिन आयोजना हुने तय भएको छ भने नेपाल आईडल २ टुरको ब्यबस्थापन एमटी ८८४८ इभेन्ट्स ब्रिसबेनले गरेको छ।

Get real time updates directly on you device, subscribe now.

Comments are closed.