मेल्बोर्नमा नायक प्रदिप खड्कासँगै नेपाली चलचीत्र रोज हेर्न पाईने

Get real time updates directly on you device, subscribe now.

सस्पेन्स-क्राइम-थ्रीलर जनरामा निर्माण भएको नेपाली चलचीत्र रोज आगामी ७ जनवरी सोमबारका दिन चाईना टाउन सिनेमा हलमा साँझ ८:१५ मा लाग्ने भएको छ। नायक प्रदिप खड्काको उपस्थितीमा रोज चलचीत्र हेर्न अवसर आयोजक नेप्ले ईभेन्ट्सले जुराएको छ। 

पाइलट बन्नका लागि अध्ययन गरिरहेको एक युवकको प्रेम जीवनमा आउने उतारचढावको कथा फिल्ममा रहेको छ । प्रदीपलाई साथ दिएका छन् अभिनेत्री द्वय परमिता आरएल राणा र मिरुना मगर छन् । 

चकलेटी ब्वाई प्रदीपको फरक गेटअप र रोजी महर्जनको हत्या प्रकरणतो वरिपरी रुपलिएको रोजलाई नेपालमा रुचाईको थियो। आफ्नै प्रेमिकाको हत्या गर्न एक प्रेमि कसरी विवश हुन्छ भन्ने कुरा फिल्मले देखाउन खोजेको छ । पछिल्लो समय समाजमा घटिरहेका घट्नालाई फिल्ममा सटिक ढंगबाट उतार्न खोजिएको छ । 

Get real time updates directly on you device, subscribe now.

Comments are closed.