लौ हेर्नुहोस् एक बिधार्थीको एनआरएन प्रती आक्रोस्
enepalAustralia
आखिरी एनआरएनए भन्ने सँस्था पिआर र अस्ट्रेलीयाको नागरिक लिएकालाई मात्र होगएको हप्तामा मात्रै दुई नेपाली बिधार्थीको मृत्यु भयो। एकको सिड्नीमा अनि अर्कोको एडलेडमा। मृत्युको कारण तिर नजाउँ सबैलाई अबगतनै छ मृत्युको कारण। मृत्यु दुखद् हो। परिवारमा झन् कस्तो हुन्छ। भविस्य सुनौलो बनाउने आशमा होमीएको छोरा या छोरीको मृत्युले पक्कै पनि जो कोहीलाई असह्य हुन्छ नै। लाखौ खर्च गरेर गएका छोरा छोरीको अकल्पनिए निधनले नराम्रो चोट पर्छ नै।
यस्तो परिस्थीतामा शव नेपाल सम्म लैजान खर्च चाहिन्छ। खर्चको जोह गर्न सामाजिक सन्जाल मार्फत आबहान गरिन्छ। घर परिवारमा केही भएपनि राहत होस् भनेर रकम सँकलन गरिन्छ। पक्कै पनि पैसाले घाउमा मलम लगाउने त काम हुन्छ तर बित्ने त बित्छन् नै बाच्नेलाई झन् सास्ती हुन्छ।
बिधार्थी नेपालीका लागि भनेर खोलिएका सँस्थाबाट केही नभएको रिस यसरि पोख्छन्। यस्तो बिषम परिस्थितीमा नेपालीका लागि भनेर खोलिएको सँस्थाबाटनै कुनै समबेदनाका हरफ निस्कदैन। लाश पठाउन रकम दिईन्छ तर नेपालबाट आउने बिधार्थीको लागि सहि परिमर्ष दिनलाई एउटा डेक्स बनाईदैन। हाम्रो भाबि योजना यस्तो छ भन्दै भोट मागिन्छ। अनि भोट दिने पिआर धारी र सिटिजनले हो। आफ्नो प्यानललाई जिताईन्छ। जयजयकार गरिन्छ।
बिधार्थीका लागि भनेर कल्याणकारी फण्ड बनाईन्छ तर के गर्यो त्यो फण्डले, त्यहाँ जम्मा भएका पैसा कहाँ गए थाहा हुँदैन। फेस्टिभलको नाउँमा पैसा बगाईन्छ तर बिधार्थीको हक र हितमा मुखले र कागजमा धेरै कुरा गरिन्छ तर यथार्थमा खासै केही गरेको देखिदैन।
कमसेकम एउटा कोठा लिएर बिधार्थीका लागि आईपर्ने समस्याहरु, अस्ट्रेलीयामा अबसर र चुनौतीका बारेमा मात्र सामान्य जानकारी दिए पनि केही राहत मिल्ने थियो। ए हाम्रो लागि बनेको सँस्था रहेछ भन्ने आभाष हुन्थ्यो। एक बिधार्थीले एनआरएनए प्रती पोखेको तिक्तता यस्तो छ।यहाँ बोल्ने को???