eNepal

विश्वकप फुटवल छनौट खेलमा नेपालको पहिलो जित

विश्वकप फुटवल छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले चाइनिज ताइपेविरुद्ध जित हासिल गरेकोे छ । आज भएको विश्वकप छनौटको दोस्रो खेलमा नेपालले जीत हासिल गरेको हो । आजको खेलमा नेपालले चाइनिज ताइपेलाई २–० ले पराजित गर्यो । 

आजको खेल जितेर समुह चरणमा नेपाल तेस्रो स्थानमा पुगेको छ । यस अघि छनौट खेलको पहिलो खेलमा कुवेतसँग ७–० लज्जास्पद हार बेहोरेको नेपाली टोलीले आज सुधारिएको खेल प्रदर्शन गर्यो ।  

आजको खेलमा अन्जन विष्टको गोलमा नेपालले अग्रता लिएको थियो । पहिलो रोजाईमा मौका पाएका अन्जनले तेस्रो मिनेटमा प्राप्त फ्रिकिकलाई गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाएका थिए । नेपालका लागि दोस्रो गोल ६२ औं  मिनेटमा  पुनः अन्जन विष्टले नै गरे ।  

प्रशिक्षक योहान कालिनले कुवेतविरुद्धको पहिलो खेलमा सुरुवाती ११ मा परेका खेलाडी मध्येबाट तीन खेलाडी परिवर्तन गरेका थिए । त्यसमध्ये अन्जन एक हुन् । अन्जनले आफुलाई दिएको मौकामा खरो उत्रने प्रयास गरेका छन् । भदौ १९ गते कुवेतसँगको खेलमा चोट लागेका अजित भण्डारीको ठाँउ आजको खेलमा दिनेश राजवंशीले लिए ।

त्यस्तै अर्का डिफेन्डर सुमन अर्यालको ठाँउमा कालिनले रजिन धिमाललाई मौका थिए । त्यस्तै विक्रम लामाको ठाँउमा मिडफिल्डमा अन्जनले मौका पाए । नेपाल, चाइनिज ताइपे रहेको विश्वकप छनोटको समूहमा जोर्डन, अस्ट्रेलिया र कुवेत छन् ।

समूह बीमा रहेको नेपालले पहिलो चरणको बाँकी २ खेल एक महिनापछि खेल्नेछ । नेपालले अस्ट्रेलियासँग क्यानबेरामा असोज २३ र असोज २८ मा जोर्डनविरुद्ध खेल्नेछ ।

Related posts

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349