“जानी नजानी” मार्फत डेव्यु गर्दैछिन निरीशा बस्नेत, ‘एउटीलाई मुटुमा घर’ बोलको गित सार्बजनिक

Get real time updates directly on you device, subscribe now.

नेपाली चलचीत्र बृतका एक हस्ती, पुराना अभिनेता एबम् निर्देशक विश्व बस्नेतकी छोरी निरीशा बस्नेतको पहिलो चलचित्र “जानी नजानी” आगामी चैत १ गते रिलीज हुने भएको छ।यसै चलचीत्रको पहिलो गीत सार्वजनिक गरिएको छ । ‘एउटीलाई मुटुमा घर’ बोलको गीतलाई राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो । अम्बिका शर्माको शब्द रहेको गीतमा संगीत अर्जुन पोखरेलको रहेको छ । गीतमा स्वर अर्जुन र दुर्गा खरेलको रहेको छ ।

मनिष श्रेष्ठ र सुमी मोक्तान फिचर्ड गीतलाई कविराज गहतराजले कोरियोग्राफ गरेका हुन् । गीतलाई ४ रात छायाँकन गरिएको हो भने यसमा ५५ बढी कोरस प्रयोग गरिएको छ । ‘पछिल्लो समय दर्शकले खोजि रहेको गीतलाई प्रस्तुत गरेका छौ जस्तो लाग्छ’ अर्जुनले गीतको बारेमा बोल्दै भने ‘गीतमा दुइ मायाको वर्णन गरिएको छ ।’ उनले गायिका दुर्गासँग मिलेर लाइभ पनि गाएका थिए । गीतमा मनिष र सुमीसँगै डेब्यु गर्ल निरिशा बस्नेत पनि फिचर्ड छिन । मैले डेब्युमा राम्रो टिम पाए निकै उत्साहित छु’ उनले आफुले रोमान्टिक फिल्ममा सोचेको जस्तै काम गर्न पाएको बताइन । ‘मैले यसमा पानीमा भिजेकी छु , नाचेकी छु रोमान्टिक केटिले गर्ने सबै क्रियाकलाप गरेकी छु’ उनले फिल्म मार्फत आफु निकै आश्वादी रहेको बताइन । ‘मलाइ यो फिल्म मार्फत फिल्मनगरीमा स्विकार्नु हुन्छ भन्ने आश छ’ उनले भनिन ।

फिल्ममा मनिष र निरिशासँगै सन्नी सिंह , नम्रता श्रेष्ठ, प्रकाश अधिकारी , कृष्ण भक्त महर्जन , रोशनी केसी लगायतको पनि अभिनय रहेको छ । आधुनिक प्रेम कथामा आधारित फिल्मको कथा , पटकथा र संवाद सामिप्यराज तिमिल्सीनाले लेखेका हुन् भने यसैफिल्म मार्फत धेरै सफल फिल्ममा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका बसन्त अधिकारी निर्देशनमा डेब्यु गर्दैछन । ‘मलाइ लाग्यो यो समय मेरो लागि डेब्युको लागि राइट हो यसैले निर्देशनमा आए’ बसन्तले बताए । यसैगरी निर्मात्री केसीले पनि फिल्मलाई विना सम्झौता तयार गरेको बताइन । ‘हामीले कहिँ कतै सम्झौता गरेका छैनौ , यसपटक मैले कमर्सियल फिल्म लिएर आएकी छु’ निर्मात्री केसीले बताईन । उनले निर्माण गरेको अघिल्लो फिल्म ‘डाक्टर खाते’ ले ब्यबसायिक सफलता भन्दा पनि देश विदेशको फेस्टिभलमा आफुलाई अब्बल सावित गरेको थियो ।



Get real time updates directly on you device, subscribe now.

Comments are closed.