eNepal

रोल्पाका हरिको जीवनीमा आधारित वृत्तचित्रलाई अन्तर्राष्ट्रिय अवार्ड

अपांगता सम्बन्धी निर्मित नेपाली वृत्तचित्रले अष्ट्रेलियाको एक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा अवार्ड जितेको छ । फिल्मकर्मी शान्ता नेपालीले बनाएको छोटो वृत्तचित्र ‘नथिङ ईज इम्पोसिवल’ ले अन्तर्राष्ट्रिय विधा अन्तर्गत अवार्ड पाएको हो ।

सिड्नीमा नोभा इम्प्लोईमेन्टले आयोजना गरेको ‘फोकस अन एबिलिटी’ नामक चलचित्र महोत्सवमा उही विधामा अन्य ५ वटा वृत्तचित्र पनि छनोटमा परेका थिए । छनोटमा परेका वृत्तचित्रबिच एक महिनासम्म गरिएको अनलाईन भोटिङबाट नेपालीको वृत्तचित्रले बाजी मारेको हो । विजयी भएपछि कुरा गर्दै शान्ताले भन्नुभयो ‘वृत्तचित्र मार्फत नेपाल चिनाउन पाएकोमा गर्व लागेको छ ।’

वृत्तचित्रमा अफगानिस्थानको युद्धमा दुबै खुट्टा गुमाएका वेलायती सैनिक हरि बुढामगरको संघर्ष र आत्मविश्वासको कथा समेटिएको छ । रोल्पा मिरुलका बुढामगरले सन् २०११ मा खुट्टा गुमाउनुभएको थियो । अचानक खुट्टा गुमाउँदाको पीडा र त्यहि पीडालाई शक्तिमा बदलेर केही गर्न अठोट लिएका बुढामगर सन् २०२०मा सगरमाथा चढ्ने तयारीमा हुनुहुन्छ ।

बुढामगरले यसअघि मनाङमा रहेको ६ हजार मिटर अग्लो हिमाल र फ्रान्सको ४८ सय मिटरको माउण्ट ब्लंक हिमाल चढिसक्नुभएको छ । चलचित्रकर्मी शान्ताले हरिसँगै हिमाल चढेर त्यो साहसिक क्षणलाई क्यामेरामा कैद गर्नुभएको छ । शारीरिक रुपमा अशक्त भएर पनि संसार बदल्न सकिन्छ भन्ने सन्देश दिनका लागि ११ वर्षदखि हरेक साल सिडनीमा फोकस अन एबिलिटी चलचित्र महोत्सव हुँदै आएको छ ।

 

Related posts

Mastercard Gambling Enterprises: An Overview to Playing Online

अविलास

Beste Mastercard Online Gambling Establishments: An Informative Overview

अविलास

Best Skrill and Neteller Casinos: A Comprehensive Guide

अविलास

Leading Gambling Establishments that Approve Neteller

अविलास

Online Live Roulette Bonus: A Comprehensive Overview

अविलास

Understanding Online Casino Bonuses

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349