eNepal

मेल्बोर्नको रोयल वेस्टर्न क्लबका खेलाडी सम्मान

रोयल वेस्टर्न क्लबको आयोजनामा खेलाडीहरुलाई सम्मान तथा ट्रफी प्रदान गर्ने उदेश्यका साथ सेलेब्रेशन बार्बेक्यु आयोजना गरियो । Vicsoccer Division One – Western Region मा Top Number One मा आफ्नो स्थान पार्न सफल क्लब रोयल वेस्टर्न क्लबको आयोजनामा भएको उक्त कार्यक्रममा क्लबका अध्यक्ष बम योञ्जन ज्युबाट क्लबका खेलाडीहरुलाई ट्रफी प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा Best Defender आयुष लामा, Best Midfielder बिजिल प्रजापति, Best Striker रुजन श्रेष्ठ र Man of the Tournament अमित थापालाइ क्लबका स्पन्सरहरु Expert Education and Visa Services का तर्फबाट सरोज शर्मा, Aussie Finance का तर्फबाट अमर आचार्य, VK Homes का तर्फबाट देवेन्दर रंधवा New Edge Studio का तर्फबाट लियो गार्लिटोले उक्त खेलाडीहरुलाई १०० डलरको चेक हस्तान्तारण गर्नुभएको थियो ।

कार्यक्रममा क्लबका कोच विजय खड्काबाट क्लबको स्थापनाकाल देखिको जानकारी दिनुभएको र आजका दिन सम्ममा आइपुग्दा क्लब छोटो समयमा निक्कै राम्रो अबस्थामा पुग्न सफल भएको बताउनु हुदै खेलकुद क्षेत्रमा एउटा छुटै पहिचान बनाउन सफल भएको बताउनु भएको थियो । क्लबले नोभेम्बेर २ र ३ तारिखका दिन पहिलो Interstate 9A – side Football Tournament – ” Expert Melbourne Cup 2019 ” को आयोजना गर्न लागेको र त्यसका लागि क्लबले तयारी थालिसकेको बताउनु भएको थियो ।

क्लबका सचिब तथा बार्बेक्यु कार्यक्रमका संयोजक दिपेन्द्र खड्काले क्लबको सदस्यताका बन्न, बनाउन आग्रह गर्दै क्लब मार्फत बिभिन्न सामाजिक गतिबिधि गर्दै जाने बताउने भएको थियो । उक्त कार्यक्रममा क्लबका कार्यकारी सदस्य उज्वल अधिकारीको डिजाइन रहेको मेम्बरसिप फर्म नयाँ सदस्यता लिनका लागी वितरण गरिएको थियो ।

कार्यक्रममा क्लबका मुख्य स्पन्सर Expert Education and Visa Services का सरोज शर्माले आफ्नो सुभकामना मन्तब्य राख्नु हुदै क्लबलाई आफ्नो तर्फबाट सहयोग गर्न पाउदा खुशी लागेको र आगामी दिनमा पनि आफ्नो सहयोगलाइ निरन्तरता दिने बचन दिनु भएको थियो । आफ्नो मन्तब्य राख्ने क्रममा बिभिन्न विधामा उत्कृस्ट भएका ४ खेलाडीहरुलाई थप ५०० डलर हौसला स्वरुप प्रदान गर्नु भएको थियो ।

क्लबका अध्यक्ष बम योञ्जनले क्लबलाई अझै ब्यबस्थित गर्दै चुस्त र दुरुस्त पार्दै जाने योजनाका साथ अगि बढेको बताउनु भएको थियो । कार्यक्रममा उपिस्थित सम्पूर्ण अथिति, समाजसेवी, सुभचिन्तक, स्पन्सर, क्लबका सल्लाहकार, संचारकर्मी तथा खेलाडीहरुलाई धन्यबाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोग निरन्तर रुपमा पाउने आशा रहेको बताउनु भएको थियो ।

समाचार श्रोतः शुशील चालिसे

Related posts

Yellow Pills: What are They Made use of For?

अविलास

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349