eNepal

अस्ट्रेलीयाको नखोतलिएका कुराहरु

हुन त हेर्ने सबैले भव्य देख्छन्, भन्नेले पनि नराम्रा पाटा खासै खुलाई हाल्दैनन्। देखाउनेले पनि दुख अनि ओझेल परेका कुरा फ्याट्ट देखाउँदैनन्। अस्ट्रेलीया आएका वा बसेका अधिकांशले घण्टा हानेर जिवीको पार्जन गर्ने हो। औलामा भाँच्न मिल्नेहरुले मात्र व्यापार व्यबसाय गरेका छन्। केही सफल छन् भने केही अझै पनि अाफुले लिएको ठाउँको भाडा सम्म जुटाउन हम्मे हम्मेमानै छन्। 

व्यबसाय गर्नेले पनि धेरैले अरुको देखासिकी गरेर खोलेका छन्। कन्सल्ट्यान्सी व्यबसाय च्याउ जत्तिकै छन्। फलानोले लुट्नु लुट्यो किन नगर्ने म। हेर्दा हेर्दै कत्रो ठुलो बनायो भनेर जसोतसो एउटा कोठा भाढामा लिएर एउटा ल्यापटप र गोढा चारएक सोफा राखेर खोल्ने अनि केही महिना पछि चलाउन नसकेर छोडका पनि धेरै छन्। त्यस्तै दश ठाउँमा हात हाल्ने छोड्ने पनि उत्तीकै मात्रमा छन्। तर जे भए पनि ९५ प्रतिसत व्यक्तिहरु घण्टानै हानेर आफ्नो गुजारा चलाएका छन्। 

सपनाको देश भएको छ अस्ट्रेलीया। जान पाए के के न हुन्छ भन्ने ठान्नेहरु आज पनि बिस तीस लाख खर्च गरेर, कुनै कार्यक्रममा सहभागी हुन आयोजकलाई पैसा बुझाएर, नेता वा मन्त्रीको भ्रमणमा पछि लागेर, पर्यटक भिषामा छिरेर लुकेर, कलाकारका रुपमा आएर यतै हराउँने जस्ता धेरै छन । निकै हुने खानेहरूको छोराछोरी पनि धेरै बिध्यार्थिहरू भिषामा आएर काम मै जोतिएको बसेका छन । जे देखिन्छ, सोचिन्छ, सुनिन्छ वा कल्पना गरिन्छ जस्तो बिल्कुलै छैन अस्ट्रेलीया।

1. जति नै धनि वा डलर बोकेर आए पनि दुई चार महिना अरू कै लिभिड रूममा सुत्नु वा मिलेरै बस्नु पर्ने हुन्छ । किनकी कानुनी आम्दानीको स्रोत र भाडा तिर्न सक्ने क्षमताको प्रमाण बिना कोठा भाडा पाइदैन ।

2. सिगंल भएमा दुई चार साथी भाई मिलेर बस्नु बाहेक अर्को बिकल्प हुदैन । किनकी सिगल बस्न आर्थिक क्षमताले भ्याउदैन ।

3. कामको ज्याला घन्टाको न्युनतम बाट शुरू हुन्छ ।प्राय धेरै काम इन्डियन वा नेपाली कै स्टोरबाट शुरू हुने हुनाले अंग्रेजी सिक्ने भन्दा बिग्रने बढि हुन्छ ।

4. नेपालको योग्यता, अनुभव र पढाई प्राय काम लाग्दैन र बाच्न जिरो बाट शुरू गर्नु पर्ने हुन्छ । 

5. प्राय घर बेकार बस्न भन्दा हप्तामा सत्तरी असि घन्टा सम्म घन्टा हानेरै दुई चार सय डलर बढि कमाउने चलन हुन्छ । नेपालको ऋण र खर्च धान्न पनि बाध्य हुन्छन । समय निकै टाइट हुन्छ।

6. कम्तिमा एक बर्ष जति ड्राईभर लाइसेन्स निकाल्न र गाडी किन्न समय लाग्छ । त्यस बेला सम्म काम र बजार जान निकै दुख कस्ट खेप्नु पर्ने हुन्छ ।

7. बिस्तारै घर खर्चहरू क्रमश बढ्दै जान्छ । घर भाडा/ मोर्गेज, फोन, इ नेट, केबल, ग्यास, कार लोन, खाना …आदि ।कमाएको पच्चिच तिस प्रतिशत त कर नै बुझाउनु पर्छ । 8. काममा आठ/बाह्र घन्टा ठिगं उभिएर मेसिन म्यान भै काम गर्नु पर्ने हुन्छ । बस्ने भनेको वाथरूममा वा लन्च खादा मात्र हो । जागिरको कुनै ग्यारन्टी हुदैन । फायर हुने डरले खटेरै काम गर्नु पर्ने हुन्छ । थकानको त कुरै नगरौ ।

9. सानो स्टोर, नेपाली, इन्डियनको काम गर्दा बिदा र अन्य सुबिधा केहि पाइदैन ।ब्यबहारले नेपाली पारा देखाई हाल्छन । भबिष्य सुरक्षित नभै अन्धकार नै हुन्छ । 

10. एउटै एपार्टमेन्टमा बस्ने नेपाली नेपाली बिच पनि ब्यस्तताले प्राय भेटघाट र बोलचाल हुदैन वा धेरै बोल्न र भेटघाट गर्न चाहदैनन ।

 11. बच्चा भएका परिवारहरूमा बुढाबुढीले रिले दौड झै काम गर्नु पर्ने हुन्छ ।देख, भेट र राम्ररी कुरा गर्ने फुर्सद वा समय मिल्दैन । 12. एउटै कोठा कोच्चियर, बाथ रूममा लाइन लाएर बस्नेहरूको कथा अझै दुख लाग्दो छ। 

13. बच्चाहरू शुरूमा अंग्रेजी बोले भनेर मख्ख पर्छन । पछि उनको अंग्रेजी आफैले बुझ्दैनन । न त बच्चाहरूले नेपाली नै बुझ्छन न त ब्यबहार नै । पछुताउदा सम्म निकै ढिलो भै सकेको हुन्छ ।

14. बच्चाहरू खाने कुरामा पनि अमेरिकन नै खाने कुरा मन पराउछन र नेपाली खान छोड्छन । विफ वा जंक खाना नै मन पराउछन ।

15. धर्म, संस्कृती, हिन्दु परम्परा बाबुआमाले नै राम्ररी उत्तर दिन र बुझाउन नसके पछि बिस्तारै सबै पोलेर खान्छन।महत्व बिल्कुलै दिदैनन । Christmas, Thanksgiving मनाउन शुरू गर्छन र त्यसैमा बढि रमाउछन । 16. छोराछोरी कै लागि देश छोडेर आएको कुरा दिनमा हजार पटक सुनाए पनि अमेरिकन चाल चालन बाटै प्रभावित हुन्छन ।सोहि अनुसार कै ब्यबहार गर्छन ।

17. कत्ति नेपालीहरू आफ्नै घर, काम र शहर बाट दशक सम्म बाहिर निस्किएका हुदैनन, न त बाहिरि संसार देखेकै हुन्छन । , 18. आज पनि नियम कानुनको जानकारीको अभाबमा धेरै नेपाली परिबार भित्र शोषण र पिडा( Neglect/Abuse) संगै बाचिरहेको सुन्दा आश्चर्य लाग्छ ।

19. सक्दा सम्म हड्डि घोटेर घन्टा हानेर कमाउने वा बाच्ने कोशीश गर्छन । फुर्सदमा भबिष्य र बिग्रदै गरेको स्वास्थ्य संझेर अत्तालिने गर्छन ।

20. बच्चा र कारको कारणले कत्ति घर परिवार रिले गेम खेले झै श्रीमान श्रीमती काम गर्छन । मुश्किलले मात्र राम्ररी भेटघाट र बोलचाल हन्छ ।

21. समय अभाव र फरक सिफ्ट कामले एकै घर र कोठामा बस्नेहरू संग पनि ब्रेक टाइममा फोनमा संन्चो बिसन्चो र दुख शुखको कुरा हुन्छ । कहिले काहि त महिनौ भेट सम्म हुदैन।

22. नेपाल नेपाल भनेर मुटुमा दैनिक भुट भुटाएर समाचार हेरेर फर्कने कुरा गरे पनि यतिका बर्ष सम्म सोसियल, मेडिकियर, रिटायर्डमेन्ट (करिब पच्चिस प्रतिशत तलब बाट काटेको) छाडेर जान सक्दैनन । न त छोराछोरी र नातीनातीना संग टाढा रहेर बाच्ने नै सक्छन ।

23. सपनाको शहरको दल दलमा भाषिएर आफ्नो बर्तमान र भबिष्यलाई दाऊ लगाएर छोराछोरी हरू पूर्ण अस्ट्रेलीयन नागरिक बन्ने छन । एक दिन नेपाली एकादेशको कथा वा इतिहास बन्नेछ ।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349