नाम एक खुबी अनेकः सुनोद श्रेष्ठ

Get real time updates directly on you device, subscribe now.

तपाई म अनि हामी जस्ता हजारौ युवा एउटा सुनौलो भविस्यको आशमा मनमा अनेकौ मिठा मिठा कथा बुनेर एक हातमा लगेज अनि अर्को हातमा सानो ह्याण्ड क्यारी बोकेर  ठुलो आँट हिम्मत र आत्माबिश्वासका साथ सन् ०७/०७/२००७मा अस्ट्रेलीया छिरेका हुन् सुनोद श्रेष्ठ। 

जसरि आम नेपालीहरु बिधार्थीको पगरी भिरेर काम गर्दै पढाईलाई निरन्तरता दिन्छन् अनि आएको दिनदेखी आईपर्ने बिभीन्न सङ्घर्षका यात्रालाई सहजै स्विकार्दै अगाडी बढ्छन् त्यसरीनै सुनोदले पनि आफ्नो जिवनको अस्ट्रेलीया यात्रा तपाई हामी सबैले शुरुवाती दिनमा गरिने कामबाट आफ्नो प्रबाशको यात्रा तय गरे। सङ्घर्षको दौरान आईपर्ने बिभीन्न बाधा र  ब्यबधानलाई सहर्ष स्विकार्दै तिनै अबरोध अनि उतार चडाबबाट पाठ सिक्दै क्यामब्रिज ईन्टरनेशनल कलेज हुँदै स्विनबर्न युनिभर्सिटीबाट ग्राफिक डिजाईन र मल्टिमिडीयामा आफ्नो पढाई सके। 

 

क्राउन मेल्बोर्न हुँदै भोडाफोनको प्रोजेक्ट कोअडीनेटर, अप्टस अनि कमाण्डरका रुपमा टेल्स्ट्रामा आफ्नो कौसलता देखाई सकेका सुनोद हाल नेपाल, अस्ट्रेलीया लगाएत केही अन्य देशहरुमा ख्याती कमाई सकेको शैक्षिक परामर्शमा अव्बल एक्सपर्ट एजुकेसन एण्ड माईग्रेसनको मेल्बोर्न शाखामा क्लाईन्ट रिलेसनसिप अफिसरको रुपमा कार्यरत छन्।

एक भेटमा सुनोधले भनेका थिए ब्रो जब मनभित्र बाट केही श्रृजना फुर्छ, केही गर भनेर दिमागले अर्हाउँछ त्यहि गर्न मन पर्छ। त्यसमै खुसी मिल्छ अनि आत्मासन्तुस्टी पनि। उनका पछिल्ला क्रममा निस्किएका केही भिडीयोले पनि त्यहि बताउँछ। उनी नौ पाँच आफ्नो काम त गर्छन् नै यसको अलावा शृजनात्मक भिडीयोको माध्यमबाट आफुले सक्दो अरुलाई रमाईलो दिने कोशीस निरन्तर गरि रहन्छन्। उनका फलोअर्सहरु पनि दिनानुदिन बढ्दै गएको देखिन्छन्। भन्छन् अरुलाई खुसी बनाउन पाए सन्सार जितेको आभाष हुन्छ।

एस ईभेन्ट्स एण्ड मल्टिमिडीयाका डाईरेक्टरका रुपमा चिर परिचित सुनोद श्रेष्ठले केही उत्कृस्ठ ईभेन्टहरु आयोजना गरि सकेका छन्। नेपालमा ख्याती कमाई सकेका कलाकार अनि ब्याण्ड देखी उदित नारायण झा, फरान अख्तर लगाएत लकी अलीसित उनले काम गरी सकेका छन्। त्यस्तै ठमेल फुड एण्ड बारमा सह सञ्चालक सुनोदले केही समयको बार सँञ्चालनपछि राम्रै दाममा बारलाई पार लगाए।

तन्दुरुस्त र पुस्ट ज्यान भएका सुनोद आफु फिट त दुनीयाँ फीटमा अडिग छन्। सबै आउटडोर खेलहरु खेल्न रुचाउने सुनोद कुसल पौडीबाज हुन। उनले स्कुले जिवनमा धेरै प्रतीयोगीतामा सहभागीता पनि जनाएका थिए भने उत्तिकै मात्रामा क्रिकेट प्रेमीपनि हुन्। स्कुल स्तरिय क्रिकेट प्रतियोगिताबाट आफ्नो कौशलता प्रदर्शन गरिसकेका उनले अस्ट्रेलीयामा समेत दर्जनौ टुर्नामेन्टमा जित हाँसिल गरि सकेका छन्। उत्कृष्ठ बलरका साथै ईनडोर क्रिकेट प्रतियोगीतामा क्याप्टेनका रुपमा राम्रो छाप छोड्न सफल भई सकेका सुनोदको आफ्नो रुचीको अर्को पाटो मिडीया क्षेत्र हो। 

 

 

मल्टीमिडीयामा आफ्नो अध्ययन पुरा गरेका सुनोदले सन् २००४मा जेभिएर एकेडेमीबाट मिस्टर फ्रेसरको क्राउन पहिरिएका थिए। अस्ट्रेलीयाका स्थानिय टेलीभिजनमा प्रसारण हुने बिभीन्न सिरीजहरु Winner and Looser( Channel 7), Wilfred the Dog(SBS), Open Slather (ComedyChannel), Gallipoli (Channel 9) आदिमा पनि सक्रिय रहेका छन्। त्यस्तै गरेर अस्ट्रेलीयामा मोडलका रुपमा फोटो सुट गरिसकेका सुनोद युथ कलेक्सन नामक सुटिङ कम्पनीमा ब्राण्ड एम्बेसेडरका रुपमा आफुलाई चिनाउन सफल देखिएका छन्। सन् २०१६मा अस्ट्रेलीयन फिचर्ड फिलीम The menkoff method मा फिचर्ड सपोर्टिङ कोर एक्स्ट्राका रुपमा पनि काम गरिसकेका सुनोधले हात हालेर सफल भएको अर्को पाटो हो म्युजिक भिडीयो बिधा।

अभिनय सँगसँगै निर्देशकीय पक्ष उत्तिकै अव्बल देखिएको केही म्युजिक भिडीयोहरुले उनीलाई नेपाली साङ्गितीक आकाशमा चिनाउन थप मद्दत गरेको छ। सन्जीव सिङ्को तिमी र म बोलको गित १.२ मिलीयन भ्युज भई सकेको छ भने बड्स ब्याण्डको बिर्सन सक्दिन २.२ मिलीयन भ्युज रहेको छ। त्यस्तै अर्को हिट नम्बर एक्सिसको सात समुन्द्र पारी नौ लाख भ्युज छ भने ईन्दिरा जोशीको गर्ल फ्रेन्डपनि नौ लाखको हाराहारीमा हेरि सकीएको छ। केही महिना अगाडी मात्र बजारमा आएको सन्जिव सिङ्को चुलेसीमा Unwindमा पनि उनको अभिनय देख्न सकिन्छ। 

हाल सुनोद छोटो तर रमाईला भिडीयो आफ्नो फेसबुक पेजमा पोस्ट गरेर समेत लोकप्रिय बन्दैछन् जसले उनका फ्यान फलोईङ् दिनानुदिन बढ्नमा थप मद्दत गरेको छ। उनले २०१८मा आफ्नो रुचीको बिषय अभिनयमा डिप्लोमाको अध्ययन पनि सकिसकेका छन्। 

बिदेशको जिवन देख्दा जति सहज छ सङ्घर्ष त्यतिनै बढि छ। आफ्नो लगाव र झुकाबको बिषयलाई चटक्कै छोडेर नौ पाँच काम गर्न मनले पक्कै दिदैन। केही नयाँ गरौ भनेर मनमा बिभीन्न कुराहरु लाप्पा खेली रहन्छन्।काम गर्नु त छँदैछ तर जिवनका महत्वपुर्ण समय केही सृजनात्मक काममा ब्यतित गर्नु पनि मनासिबनै हो भन्ने सोच राख्ने सुनोद नौ पाँच काम गरेर खेलकुद लगायत मिडीयामा समेत सक्रिए देखिन्छन्। सुनोद भन्छन् यसरी सक्रिए हुँदै एकदिन आफ्नो शृजनाको जादुको छडीले भव्य थिएटरमा दुनीयाँको मुखमा हाँसो ल्याउने ठुलो धोको  छ।

Get real time updates directly on you device, subscribe now.

Comments are closed.